Worldlink Communications

पोखराको १९ लामाचौर चोकदेखि करिब तीन किलोमिटर माथि बेशी चोक को पहिरो को कारण बाटो अबरुद्द

पोखरा २६

पोखरामा नगरपालिका वडा नम्बर १९ पोखरादेखि लामाचौर चोक हुँदै माछापुच्छ्रे गाउँपालिका,माछापुच्छ्रे आधार सिभीर सम्म पुग्ने यो बाटो अहिले अवरुद्ध छ । पोखराको लामाचौर चोकदेखि करिब तीन किलोमिटरको आसपासमा पुरुन्चौर नपुग्दै बेसीचोक भन्ने स्थानमा कृष्णभीर लाई बिर्साउने गरी लगातार खसिरहेको पहिरोले गर्दा त्यो बाटो भएर जाने धेरै जनताहरूको जीवन अस्तव्यस्त बनेको छ ।

यसक्षेत्रका प्रदेस सांसद रामजी बराल वडा अध्यक्ष शोभा मोहन पौडेल लगायत वार्ड का सामाजिक व्यक्तित्वहरुले पहिरो को बारेमा आ आफ्नो धारणा राखेर गएपनि आज पहिरो गएको दुई हप्ता भैसक्दा पनि न त बाटो खुल्न सकेको छ पहिरो रोकिएको छ आज विहानसम्म पनि पहिरो खसिरहेको छ । पहिला सानो पहिरो बाट सुरु गरेको यो कृष्णभीर जस्तै पहिरो ले अहिले ठूलोरुप लिइ कृष्णभीर को रुप लिइसकेको । साँच्चिकै भन्ने हो भने आश्वासन हरुबाट त बाटो बनिसकेको छ तर पनि छिटै बाटो बन्ने कुनै सम्भावना छैन त्यसो त त्यहाँ वरपर बस्ने बासिन्दाहरु आफू रातभरि ननिदाएको दिउँसो पनि कताबाट पहाडे खसेर एकैछिनमा जीवनको गुमाउनु पर्ने हो भन्ने संत्रास ले याकुलव्याकुल भए को स्थानिय हारु बाताउनु हुन्छ ।

फेरिपनि आश्वासनको पोको लिएर आज बिहान् कर्रिब ८ बजे प्रदेश मंत्री कुमार खड्का पनि यस स्थानमा अनुगमन गर्न आइपुग्नुभयो प्रत्येक पटक जो जो आउनु हुन्छ अनि त्यहि तिनै आस्वासन को पोको ल्याउनुभयो दोहोर्याउनु भयो अनि भन्नुभयो बाटो बन्छ उहाँको भनाइ अनुसार वार्ड र नगर पालिकाले बाटो सफा गर्नुस् प्रदेशले राम्रो इन्जीनियर्रींग सहित अर्को वर्ष पनि यही पहिरो फेरी गयो भनेर यसरी उभीएर जवाफ दिइरहनु पर्ने गरी बाटो बनाइने छैन भन्नुभयो ।

स्थानीय हरुका अनुसार अहिले नै बाटो बनाउनु पर्ने भएपनि हामी दुख सामना गरेर बस्छौं नआतीकन बस्छौं तर माथिको पहिलो नखस्ने गरी तलबाट रिट निंग वाल राम्रोसँग उठाउने गरी बाटो बनाउनु पर्छ भन्दै जोडदार माग गारेका छन् । त्यसो त अहिले भर्खर पहिरो खस्दै छ कसरी बाटो बन्छ र खै ! हाम्रो देस मा ‘गरिबको पसिना धरर हुनेखाने जहाज मा हरर’ भनेझैं हामी दुःखी गरिबको भाषा कसले बुझ्छ र हाम्रो गाउँमा मन्त्री आउनुभयो भनेर सबै खुसीले उहाँ भएको ठाउँमा पुग्यौं तर उहाँले हाम्रों दुखेसो सुन्नु त परै जाओस फर्केर सम्म हेर्नु भएन भनेर दुखेसो पोख्नु भयको थियो भने वडाध्यक्षले यहाँको बारेमा सबै बुझेपनि जति बिकास गरेको भय पनि बेसीचोकको पहिरोले गर्दा विकासै नगरेजस्तो भएको स्थानीयहरु बताउंछन । पहिरोको नजिकै बस्ती र त्यही बस्तीमा अवस्थित बोर्डिङ स्कुल पुरै जोखिममा देखिन्छ भने त्यो बस्ती र बोडिङ बचाउनको लागि पनि वार्डले ध्यान दिनुपर्ने देखिन्छ बाटोको जोखिम ताले गर्दा त्यहीँबाट धेरै पटक गाडी खसेर बस्तीमै पुगेको छ पहिरो बस्तीको माथि भएको हुनाले बाटोको तल जाली बुनेर तटबन्ध लगाउन सकियो भने बाटो चाक्लो पनि हुने गाडीहरु पनि खस्न बाट जोगिने विषयलाई गम्भीरतापूर्वक लिएर जाली बनिदियो हुन्थ्यो पनि स्थानीयहरु बताउँछन् यदि हामीले शालिन र सभ्य भाषाले बोलेका विषयहरु उठाएका विषयहरु लाई वार्ड ले बेवास्ता गरेमा हामी सबै आमा दिदि बहिनिहरु लाइ जम्मा गरेर हाम्रा जनप्रतिनिधिहरूको कान खोल्नेगरी हाम्रा माग राख्नेछौं भनि स्थानीय आमा दिदीबहिनीहरु बताउनुहुन्छ ।हामी बाँचे पो तपाईहरुलाई भोट दिउला जस्ता कुराहरु दुःखेसो पोख्नुभयो ।

हामीलाई बिस्स्वास छ सबै तहले अनुगमन गारिसकेको यो अबस्था मा सबै पक्ष मिलेर पहिरो रोक्ने काम मा र बाटो तल जाली बुनी बाटो चकलाई बनाउने कार्यमा सबै जुट्नु हुनेनै छ ।

-प्रकाश अधिकारी

 

 

प्रतिक्रिया दिनुहोस्: