Worldlink Communications

माओवादी केन्द्र ले गण्डकी प्रदेश सरकारमा सहभागि हुने मन्त्रीको नामको टुंगो लगायो

पोखरा,साउन ७

माओवादी केन्द्र गण्डकी प्रदेश सरकारमा सहभागि हुने मन्त्रीको नामको टुंगो लगाएको छ । मन्त्रीमण्डल गठन भएको दिन एक मन्त्री बनाइ सकेको छ भने माओवादी केन्द्रले विहीबार थप ३ मन्त्री सहित चार मन्त्री बनाउने भयको हो ।

माओवादी केन्द्रले कास्की का रामजीप्रसाद बरालको नेतृत्वमा प्रदेश सरकारमा सहभागि हुने निर्णय गरे अनुसार बरालले अर्थ मन्त्रालय को जिम्मेवारी  त्यस्तै गरि स्याङ्जाका दीपक चर्तिमगर लाई कृषि मन्त्रालय  र बाग्लुङका चन्द्रबहादुर बुढालाई बन तथा वतावरण मन्त्रालय  माओवादीका तर्फबाट मन्त्री बनाउने निर्णय भएको दिपक कोइराला ले बताउनु भयो ।यश भन्दा अघि नै माओवादी केन्द्रका  मधु अधिकारी स्वास्थ्यमन्त्री नियुक्त भइसक्नु भयको छ ।

आज बिहीवार  साँझ मात्र सरकारको नेतृत्व गरेको नेपाली काँग्रेर माओवादी केन्द्रबीच मन्त्रालय भागबण्डामा सहमति जुटेको थियो । काँग्रेसका तर्फबाट मन्त्री बन्नेहरुबारे छलफल चलिरहेको सो पार्टीले जनाएको छ । मन्त्रीहरुको शपथ भोलि शुक्रबार हुने छ । नया बन्नु हुने मन्त्रीहरूलाई हाम्रो तर्फबाट पनि बधाई तथा सफल कार्यकाल को सुभकामना ब्यक्त गर्दछौ ।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: