Worldlink Communications

प्रदेस प्रमुख को स्वागत लाई शंकर पोखरेल नेतृत्वको सरकारले बहिष्कार गरर्यो

    बुटवल श्रावण १५

लुम्बिनी प्रदेश प्रमुखका रुपमा अमिक शेरचनले शुक्रबार पदभार ग्रहण गर्नुभयको छ । नयाँ प्रदेश प्रमुखको स्वागतलाई शंकर पोखरेल नेतृत्वको सरकारले बहिष्कार गरेको छ त्यसो त धर्मनाथ यादवको विदाइमा भने मुख्यमन्त्री पोखरेल आफैँ सहभागी भएका थिए।

प्रदेस प्रमुख कार्यालयमा शेरचनको पदभार ग्रहण गर्दा  स्वागतमा प्रदेश सरकारका कुनैपनि मन्त्री पुगेनन्। यसअघि धर्मनाथ यादव   प्रदेश प्रमुख भएर आउँदा स्वागत मा भने तत्कालीन आन्तरिक मामिला तथा योजना मन्त्री कूलप्रसाद केसी पदभार ग्रहणमा पुगेका थिए।

लुम्बिनी सरकारका पूर्वमन्त्री सुदर्शन बरालले सामान्य शिष्टाचारको हिसाबले पनि प्रदेश सरकारको उपस्थित हुनुपर्ने चलन रहेको बताए पनि लुम्बिनी सरकारका प्रवक्ता बैजनाथ चौधरीले भने आफूहरु अझै सम्म पनि  पार्टीको बैठकमा रहेको बताएका थिय ।

प्रदेश प्रमुख कार्यालय का प्रमुख अधिकारी चिरञ्जीवी पौडेलले भने अनुसार  मुख्यमन्त्री कार्यालयका सचिवलाई नै भेटेर नयाँ प्रदेश प्रमुख आउने जानकारी गराएको भयपनि  कोहि पनि आउनु भयन भन्नू भयो ।

मंगलबार देउवा सरकारको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेश प्रमुखमा धर्मनाथ यादवलाई हटाएर अमिक शेरचनलाई नियुक्त गरेको थियो। शेरचन लुम्बिनीका तेस्रो प्रदेश प्रमुख हुन्हुन्छ । उहाको स्वागत  कार्यक्रममा मुख्यमन्त्री लगायत मन्त्री कोहि पनि उपस्थित नहुन भनेको पक्कै पनि सुखद खबर चै होइन  यस्ले राम्रो सकेत दिदैन ।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: