Worldlink Communications

पोखरा महानगर पालिका का जनप्रतिनिधि हरु मुलधारमै भयको दाबि-वार्ड अध्यक्ष जिबन प्र. आचार्य

भाद्र १०,पोखरा

अन्तत गठबन्धनको सरकारले अध्यायदेस मार्फत बिधयक ल्यायर भए पनि नेकपा एमाले लगायतका पार्टीहरुलाइ पार्टी  विभाजन हुन् सजिलो बनाइदिए अनुसार नेकपा एमाले फुटेर बिभाजन भयको नेकपा एकीकृत समाजबादी पार्टी माधब नेपालको प्रभाव कस्की पोखरा मा खासै देखियन ।

देशकै सबैभन्दा ठूलो महानगरपालिका पोखरा का  ३३ वार्ड मध्य नेकपा एमाले का २२ वटा वडाका केहि प्रतिनिधि मुलक अध्यक्षहरु सङ सम्पर्क गर्दा वार्ड न.१६ का वार्ड अध्यक्ष जीवन प्रसाद आचार्य ले छोराछोरी को मुहारमा खुसी देख्न नसक्ने बाउआमा को पछि लागिन्न भन्दै थप्नु भयो हाम्रों पार्टी समुन्द्र भै सकेको हुनाले  नेकपा एमालेलाइ एकदुई जना कोहि कहि कतै जादैमा  केहि  फरक पर्दैन हामि ढुक्क छौ हामिले जनताको काम इमानदारीता का साथ गरेका छौ  र जनता ले पनि  हामिलाइ देस बनाउने र सुखी जनता बनाउने जिम्मा पनि एमाले को नै हो भनेर आज को मिति सम्म हामिलाइ भन्नु भयको हुनाले हामीले पनि त्यसै अनुसार काम गरेका छौ भन्दै आफू र सम्पुर्ण पोखरा महा नगर पालिका का मेयर,उपमेयर लगायत सबै वार्ड अध्यक्ष हरु मुलधारमा नै  रहेको बताउनु भयो ।

त्यस्तै १५ का वार्ड अध्यक्ष प्रकाश पौडेल र वार्ड २४  का वार्ड अध्यक्ष ओम सुबेदिले हामी सानै देखि कम्युनिस्ट भएको र आजसम्म बिचलित नभै पार्टीको काम गर्दै आएको हुनाले जिम्मेवारी को हिसाब ले पार्टी ले खटाएको काम गरेको हुनाले मुलधार छाडेर अन्त जान सकियन त्यसैले त होला पोखरा महानगर मा पार्टी फुट को कुनै असर परेको छैन । स्थिर सरकार सुखी नेपाली बनाउन को लागि अझै बिश्वास र आत्मबल बडायर काम गर्ने जोसजागर चलेको बताउनु भयो।   त्यस्तै गरि वार्ड न.२८ का अध्यक्ष निर्मल दियालि ले भन्नुभयो आमाले सदियौ देखि माया गरेर दु:ख का साथ बनायको घरलाई  लिपपोत गरि जतन गरेको घर न्यानो महसुस गरेर आजसम्म बसेको घर यति सजिलै छोड्न सकियन सहायद त्यही भएर नै होला पोखरा का सम्पूर्ण वार्ड अध्यक्ष हामी सबै एकै स्थान मा छौ ।

त्यस्तैगरि पोखरा महानगर-१९ का वार्ड अध्यक्ष शोभामोहन पौडेलले पार्टी अध्यक्ष मुलधारमा रहेको एमाले, समृद्धि को नारा बोकेको पार्टी एमाले  नयारास्ट्र को परिकल्पना गर्ने एमाले अनि  पोखरा को बिकासमा पनि एमाले भयको हुनाले हामि सबै  मुलधारमा छौ जो जहाँ जसरि टुक्रिएर गय पनि माधव नेपालको नेतृत्वमा गठन भएको नेकपा ‘एकिकृत समाजवादी’ को पक्षमा कुनै पनि वडा अध्यक्ष नजाने निश्चित भएको  बताउनु भयो ।स्मरण रहोस पोखरा महानगर पालिकामा रहेका ३३ वटा वार्ड मध्ये २२ वटा वार्ड मा अध्यक्षहरु एमालेकै छन् ।

महानगरका मेयर मनबहादुर जिसी, देखि उपमेयर मन्जुदेवी गुरुङ, वार्ड अध्यक्ष हरुमा वडा नं. १ का -शारदा पराजुली,५ का -धनबहादुर नेपाली,७ का-रामचन्द्र बराल,८ का -रुद्रनाथ बराल,१३ का- लेखबहादुर तामाङ ‘दर्शन’,१४ का -प्रेमबहादुर कार्की,१५ का- प्रकाश पौडेल,१६ का -जीवन प्रसाद आचार्य,१७ का-तीर्थराज अधिकारी,१८ का -रणबहादुर थापा,१९ का- शोभामोहन पौडेल,२० का- सिमबहादुर गुरुङ,२१ का -खगराज आचार्य,२२ का- मित्रलाल बराल,२४ का-ओमप्रसाद सुवेदी,२५ का -शोभाकर तिम्सिना,२६ का- नारायणप्रसाद बराल,२८ का निर्मल दियाली सुनार,२९ का- चेतबहादुर गुरुङ,३० का-श्रीराम पोखरेल,३१ का -कमलबहादुर थापा र ३३ का शिवप्रसाद आचार्य सम्म सबै सस्थापन पक्षमा हुनुहुन्छ भनेपनी हामिलाइ केही अध्यक्ष ले अहिले नै नाम नभन्ने सर्त मा सबै अध्यक्ष मुलधार मा नै हुनुहुन्छ भने विषय उहाहरुले भने जस्तै पनि होइन भन्नू भयो।

यस बारेमा हामिले नेकपा एकीकृत समाजबादि पार्टी  कास्की का सचीव तथा नेपाल उत्पीडित जातिय मुक्ति समाज का केन्द्रिय उप महासचिव होम नेपाली सङ कास्की पोखरा पार्टी सगठनको बारेमा हामी सङ कुरा गर्दै भन्नुभयो अहिले हामि आधा आधी जस्तो नै छौ  केही जिम्मेवार साथिहरु खुल्नसक्नु भयको थियन अब पार्टी निर्माण भयपछी खुल्नेसोच मा हुनुन्छ भन्नू भयो भने तपाईं हरु को उपस्थित त महानगर मा शून्य छ नि भन्ने प्रस्न मा  प्रतिबाद गर्दै  भन्नु भयो हेर्दै जानुस सबै विषय केही दिन मा छर्लङ्ग हुनेछ अहिले हामी सङ्ठन निर्माणको क्रममा छौ ।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: