Worldlink Communications

जय रुपाताल सहकारीद्वारा विद्यार्थीहरुलाई पोसाक वितरण

भाद्र १३,कास्की
भाद्र १२ गते पोखरा-३२ रुपातालमा अवस्थित जय रुपाताल बचत तथा ऋण सहकारी संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्ग रुपा गाउँ पालिका-६ मा अवस्थित पृथ्वी रुपा माध्यमिक विद्यालयमा अध्यनरत कक्षा नर्सरीदेखि कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीहरुलाई पोसाक सेट उपलब्ध गराएको छ।
संस्थाका अध्यक्ष श्री ज्ञानेन्द्रराज सुवेदीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा संस्थाका सहसचिब गणेश प्रसाद भण्डारीले कार्यक्रमको औचित्य सहित स्वागत मन्तव्य राख्नुभएको थियो। संस्थाका उपाध्यक्ष श्री धिरज कुमार श्रेष्ठले यस्ता कार्यक्रमहरुलाई निरन्तर दिँदै जाने कुरामा जोड दिनुभएको थियो। उक्त कार्यक्रममा विद्यालयका सहायक प्र.अ कृष्ण वहादुर खड्का ,संस्थाका लेखा समिति संयोजक केशव राज पौडेल विद्यालयका प्रा.वि इन्चार्ज रामचन्द्र ओझा तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा बहादुर विश्वकर्माले आफ्नो मन्तव्य राख्नु भएको थियो। उक्त कार्यक्रमको संचालन संस्थाका सचिव ‌ श्रीधर लामिछानेले गर्नु भएको थियो।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: