Worldlink Communications

बिकास नेपाल द्वारा कोभिड-१९ (COVID-19) बाट प्रभावितहरु लाई राहत बितरण

पोखरा  श्रावण १६

पोखरा महानगर पालिका वार्ड न. २० को समन्वयमा वार्ड न १५  हरियाली मार्ग स्थित बिकास नेपाल सस्था द्वारा कोभिड-१९ बाट प्रभावित विशेष रुपमा  अशक्त , अपाङ्गता र कोरोना संक्रमणबाट समस्यामा परेका अति विपन्न परिवारका ६८ घरपरिवारलाई खाद्यान्न तथा स्वास्थ्य सामाग्री एक कार्यक्रमका बिच वितरण गरेको छ  ।

वार्ड न.२० का वार्ड अध्यक्ष सिम गुरुङ को प्रमुख आतिथ्यमा सम्पन्न भयको सो कार्यक्रम को अध्यक्षता बिकास नेपाल का अध्यक्ष डा. बुद्धि बहादुर थापा ले गर्नु भयको थियो भने कार्यक्रमको  संचालन बिकास नेपाल का उपाअध्यक्ष बिमला के सी ले गर्नु भयको थियो । कार्यक्रम मा प्रति व्यक्ति ३८००।- बराबर को खाद्ध्यान्न र स्वास्थ सामाग्री वितरण गरेको थियो जसमा जिरा मसिना चामल- २५ के.जी ,चना- ३ के.जी  ,तेल- २ लीटर,रातो दाल- ३ के.जी ,नुन- ३ के.जी र स्वस्थ सामग्री मा मास्क- २ प्याक,साबुन दिटोल -४ पिस,सेनिटाइजर आधा लिटर लगायत का सामग्री  प्रमुख अतिथि सिम गुरुङ र बिकास नेपाल को अध्यक्ष डा.बुद्धि बहादुर थापा ले संयुक्त रुपमा वितरण गर्नु भयको थियो ।

वडा कार्यालयको तर्फबाट बोल्दै प्रमुख अतिथि सिम गुरुङ ले  यस्ता आपतबिपतमा  परेका हरुलाई सहयोग गर्ने यस सस्था बिकास नेपालका अध्यक्ष डा. बुद्धि बहादुर थापा सहित सम्पुर्ण टिमलाई हार्दिक धन्यवाद व्यक्त गर्नु भयको थियो भने  अध्यक्ष डा. बुद्धि बहादुर थापा ले हामीले यसै प्रकार का प्रोग्राम हरु पोखरा का सबै जसो वार्ड मा गरको  भय पनि पोखरा २० लाइ बिसेस ध्यान दिदै आजको कार्यक्रम सम्पन्न गर्दैगर्दा हामी केहि दिन मा नै  मादि गाउ पालिका जाने कार्यक्रम भयको बताउनु भयो ।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: