Worldlink Communications

योग्यताको खोजी: पार्टीको अन्तरसंघर्ष र वर्ग संघर्षमा डटेर उभिने र पार्टी प्रति निष्ठावान हुनुपर्ने

श्रावण १८,सोमबार

राजधानी , नेकपा माओवादी केन्द्रले मन्त्री छान्ने प्रयास गरिरहदा सरकार को  प्रतिनिधित्व गर्ने मन्त्रीहरुको छनौट गर्ने अधिकार पाउनु भयका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सूची तयार पारिसक्नु भयको भयपनि यसपटक पार्टीको अन्तरसंघर्ष र वर्ग संघर्षमा डटेर उभिने र पार्टी प्रति निष्ठावान नेता लाई मन्त्री छान्ने  प्रचण्डले मापदण्ड नै तयार पार्नु भयको बुझियको छ जसले गर्दा पार्टी लाई नाताबाद कृपावाद बाट माथी उठने बिश्वास गरियको छ ।

‘शान्ति प्रक्रियामा आइसकेपछि माओवादीबाट प्राय सबै जसो कुनै न कुनै स्थान मा नियुक्ति  वा मन्त्री बनेका भयपनि केहि व्यक्तिहरुले   पार्टी र नेतृत्व लाई  चिन्न नसकेको ले यस्तो गर्नु परेक बुझिन्छ । पार्टीले मन्त्री बनाएका अधिकांशले पार्टी र नेतृत्वलाई  पटकपटक धोका दिएपछि नेतृत्व सचेत हुनुपरेको बताइन्छ। रामबहादुर थापा बादल, टोपबहादुर रायामाझीदेखि स्थानीय तहसम्म देखिएको यस्तो प्रवृति ले  गर्दा माआवादी आन्दोलनमा कस्तोखाले प्रवृत्ति र संस्कृति निर्माण गरिएछ भन्ने विषयले यसपटक अध्यक्षलाई गम्भिर बनाएको  घाम झै छर्लङ्ग भयको बताइन्छ।

बादल प्रवृतिले पार्टी र आन्दोलनलाई क्रमशः विघटनतिर लगिरहेको प्रचण्डले निष्कर्ष निकालेर नै यस पटक पार्टीको अन्तरसंघर्ष र वर्ग संघर्षमा डटेर पार्टी हितको पक्षमा उभिने पात्रलाई मन्त्री बनाउने योजनामा प्रचण्ड पुग्नु भयको बताइन्छ । उहाको रोजाइमा  देव गुरुङ, देवेन्द्र पौडेल, सुदन किराती, शिवकुमार मण्डल लगायतका हुनुहुन्छ भने यस अघि नै जनार्दन शर्मा र पम्फा भुसाललाई मन्त्री बनाइसक्नु भएको छ।यसपटक भने के पि शर्मा ओलीको सरकार मा सहभागी भएका मातृका यादव लगायतका अन्य नेताहरु यो पटकको मन्त्रिपरिषदमा अटनु हुनेछैन ।

जनता र पार्टीको आलोचना बाट वच्न पनि अब पार्टी नेतृत्वले सरकार को मन्त्री सिफारिस गर्ने क्रममा नाताबाद कृपाबाद लाई निरुत्साहित गर्दै लगेमा पार्टी हितमा राम्रो हुनेछ । तसर्थ नेतृत्व ले आबस्यकता को सिद्धान्त तयार गरि अगाडि बडनु पर्छ भन्ने सिद्धान्त आगाल्नु लाई प्रशंसा गर्नै पर्छ ।

– प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: