Worldlink Communications

SEE 2077 को नतिजा प्रकाशित 12 को परीक्षा स्थगित

काठमाडौं,श्रावण २३

SEE २०७७  को नतिजा प्रकाशित  भयको छ भने यसको नतिजा हेर्न को लागि SEE space आफ्नो number type गरि ३३००३मा mess  send गरेर नतिजा हेर्न सकिन्छ  भनिएको  छ यसतै सबैले सजिलै हेर्न मिलोस भनेर अन्य सुबिधा पनि छ भनियको  छ ।

त्यस्तै गरि आज नै रास्ट्रीय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय पनि गरेको छ। शनिबार बसेको बोर्डको बैठकले आगामी साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म हुन लागेको कक्षा १२ को परीक्षा स्थगित गरेको कुरा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव   रामप्रसाद थपलियाले जानकारी दिनु भयो ।

कोरना को स्थिति अलि अनुकुल भएपछि अर्को मिति तोकि परीक्षा गर्ने निर्णय गरेको छ। सबैलाइ पुन :हुने परीक्षा बारे १५ दिन अघि नै जानकारी दिने बोर्डले जनाएको छ। स्मरण रहोस  स्वास्थ्य मन्त्रालयले परीक्षा स्थगित गर्नका लागि बोर्डलाई सिफारिस गरेको थियो  ।

-प्रकाश  अधिकारी

प्रतिक्रिया दिनुहोस्: