Worldlink Communications

पोखरा महानगरपालिका च्याम्बर अफ कमर्सको अध्यक्षमा सर्बसम्मत साबिन  जिसी

 पोखरा,श्रावण २५

कास्की च्याम्बर अफ कमर्सले कास्की अन्तरर्गत पोखरा महानगरपालिका च्याम्बर अफ कमर्स गठन गरेको छ  जसको प्रमुख अध्यक्ष पदमा पोखराका पुराना युवा उद्धमी व्यसायी साबिन जिसी लाई पोखरा महा नगरपालिकाको अध्यक्ष जस्तो गरिमामय पदमा चयन गरेको किसान सुनारले बताउनु भयो।  च्याम्बर अफ कमर्स पोखरा महानगरपालिकाको अध्यक्ष मा सर्बसम्मत चयन हुनुभएको सबिन जी सी लाई  च्याम्बर अफ कमर्स कास्कीका अध्यक्ष किसान सुनारले बधाई दिनु भयको  थियो। 

पोखरा महानगरपालिका वार्ड १९ लामाचौर शहरडहर घरभई सानै उमेरदेखि सबैलाई सहयोग गर्नुपर्छ सबैलाई माया गर्नुपर्छ सबैले खान पाउनुपर्छ सबैले केही न केही गर्नुपर्छ भन्ने भावनाका युवा व्यक्तित्व राजनैतिक रूपले सचेत सजग सबिन जी सी स्थानीयरुपमा पनि विभिन्न समुदायिक कार्यको बिकास  रचनात्मक कामहरु मा सामाजिक भवनहरू बनाउने र  तिनलाई  के कसरि  सहयोग गर्न सकिन्छ भन्ने  कार्यमा दत्तचित्त हुँदै  सबैलाइ अधिकार दिनुपर्छ र लिन पनि सक्नुपर्छ भन्ने भावनाका व्यक्तित्व सबिन जिसीलाई पोखरा च्याम्बर अफ कमर्सको अध्यक्ष जस्तो गरिमामय पदमा देख्न पाउने पोखराका व्यवसायीहरुले छोटो समयमानै  केही न केही परिवर्तन को आश गरेको देखिन्छ।

बाल्यकाल देखि नै परिवर्तनकारी ब्यक्तित्व हुनुभयको हुनाले गरिब असहाय कम्जोर आय आम्दानी केहिपनि  नभएका निमुखा व्यक्तिहरु  को परिवार लाइ  केहिनकेहि गर्नु पर्छ भन्ने भावनाका व्यक्ति लाइ कास्की च्याम्बर अफ कमर्सले पोखरा महानगरपालिका अन्तर्गत यस सस्थाको  अध्यक्ष पदमा सुपरिचित व्यक्तिलाई जिम्मा दियको मा नेतृत्व पनि प्रससा को पात्र बनेको सुनिन्छ ।

 पर्यटन को क्षेत्र मा बन्दिपुर केबल कार निमार्ण का लागि समेत महत्वपूर्ण भूमिका निर्वाह गरिरहनु भयका ब्यक्तित्व त्यसैगरी स्वास्थ्य क्षेत्र मा पोखरा कै चर्चित मेडिपल्स हस्पिटल  मा समेत सक्रिय भुमिका मा रहँदै आउनुभएको छ  भने खेलको जगतमा स्नुकर जस्तो विश्व प्रसिद्ध खेलकुद को बिकास मा सकृय रहि  पर्यटन , स्वास्थ्य र खेलकुद क्षेत्रमा सक्रीय युवा उधमी सहकारी अभियन्ता को रुपमा रहि समाज र जिबन परिबर्तन को मार्ग प्रस्सत गर्न सफल ब्यक्ति सबिन जी सी सहकारी को अभियन्ताको रुपमा पनि काम गरिरहनुभएको यस खुसि को सुखद क्षणमा  हामी परिवर्तन news.com परिवार पनि  बधाई तथा सुभकमना व्यक्त गर्दछ ।

 

-प्रकाश अधिकारी  

प्रतिक्रिया दिनुहोस्: