Worldlink Communications

कार्यकारी निर्देशक मा पुन: कुलमान घिसिङ नियुक्त

 श्रावण२७,काठमाडौं

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा सरकारले पुन कुलमान घिसिङलाई नियुक्त गरेको छ। घिसिङले आजै  बाट उर्जा जल स्रोत तथा सिँचाइ मन्त्रालयमा पुगेर नियुक्ति लिइसक्नुभएको छ। उनलाई उर्जामन्त्री पम्फा भुसालले ४ वर्षे को लागि नियुक्तिपत्र प्रदान गर्नुभएको हो ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कुलमानलाई कार्यकारी निर्देशकमा नियुक्ति गर्ने निर्णय गरेको थियो भने मन्त्रि मन्डलको बैठकले सो पदमा कार्यरत हितेन्द्रदेव शाक्यलाई उर्जा आयोगको सदस्यमा ४ वर्षका लागि नियुक्त गरेको हो ।

– प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: