Worldlink Communications

जस्ता को तस्तै MCC पास गर्न प्रचण्ड मानेन: शेर बहादुर देउवा

श्रावण २८,काठमाडौं

नेपाली काँग्रेसका संस्थापन पक्षीय पदाधिकारी अर्थात  प्रधानमन्त्री शेरबहादुर देउवापक्ष पदाधिकारी को भेलामा सरकार को साझा न्यूनतम कार्यक्रममा अमेरिकी सहायता परियोजना, मिलिनियम च्यालेन्ज कर्पोरेसन, MCC किन समेटन नसकिएको भन्ने विषयमा  माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड तयार नभएपछि न्यूनतम कार्यक्रममा एमसीसीबारे केहीपनि कहिपनि उल्लेख नगरिएको प्रधानमन्त्री देउवाले बताउनु भयको थियो।

प्रधानमन्त्री शेर बहादुर देउवा पक्षीय पदाधिकारी र पूर्व पदाधिकारीहरु को भेलामा उपसभापति विमेन्द्र निधिले MCC को बारेमा प्रस्न उठाएका थिए भने हुम्लाको चिन सिमा को बारेमा पार्टीले गरेको स्थलगत रिपोर्टको प्रतिवेदनमा चीनको तर्फबाट नेपाली सीमा अतिक्रमण भएको देखिएकाले यसबारे नेपाली काङ्ग्रेस बोल्नुपर्ने बताउनु भयको थियो ।यसैबिसय लाई जोड दिदै जीवन बहादुर शाहीले चीनले सीमा मिचिएको तथ्य झुटो सावित भए राजनीति बाटै सन्यास लिने बताउनु भएको थियो ।

चीनले नेपाली सिमामिचेको सम्बन्धमा उठेको प्रस्न मा पूर्णबहादुर खड्काले यसको बारेमा सरकारले उच्चस्तरीय टोली नै बनाएर काम अगाडि बढाउने बताउनु भएको थियो ।स्मरणरहोस प्रचण्डले  MCC संशोधन विना अनुमोदन गर्न हुँदैन भन्ने पक्षमा बिगतदेखी अहिले  सम्म पनि सतिशाल झै चट्टानी अडान मा  उभिदै आइरहनु भयको देखिन्छ।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: