Top Header Ad 1
Top Header Ad 2

नेकपा एमाले फुटेर बन्यो एमाले समाजवादी:नेपाल

नेकपा एमाले फुटेर बन्यो एमाले समाजवादी:नेपाल

परिबर्तन न्युज
२ भाद्र २०७८ बजे
परिबर्तन न्युज
२ भाद्र २०७८

काठमाडौं भाद्र २

नेकपा एमाले आज बाट बिधिबत रुपमा नै विभाजित भएको छ। वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो नेतृत्वमा नयाँ दल ‘नेकपा एमाले समाजवादी’ निमार्ण गर्नुभयको हो।

माधब कुमार नेपालले पार्टी विभाजन गर्दै आफ्नै नेतृत्वमा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका हुन्। गठबन्धन सरकारको सिफारिसमा राष्ट्रपति ले बुधबार संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत र्पुयाएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ढिलैगरी भयपनि प्रमाणीकरण गर्नुभयको लगतै नेपाल समूह ‘नेकपा एमाले समाजवादी’ दर्ताका लागि निर्वाचन आयोगतर्फ गै दर्ता गरिसकेको विषय एक केन्द्रीय सदस्यका अनुसार ‘नेकपा एमाले समाजवादी’को संयोजकमा नेता नेपाल हुनुहुन्छ भने अहिले  ९५ सदस्यीय केन्द्रीय कमिटी हुनेछ । चुनाव चिन्हमा खुला किताब राख्ने माग गरियको छ  ।

तत्काल को लागि अध्यक्ष र महासचिवसहित केन्द्रीय सदस्य राख्ने सहमति अनुसार नेपाल समुहमा खुलेका स्थायी कमिटी सदस्यहरू नेपालले गठन गर्ने नयाँ पार्टीमा सहभागी हुनुहुनेछ भने केहि समुह मा खुलेर लागेका  भएपनि उपाध्यक्ष भीम रावल, सचिवद्वय गोकर्ण विष्ट र योगेश भट्टराई भने नयाँ पार्टीमा सामेल हुनुहुने छैन।

-प्रकाश अधिकारी

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज