Worldlink Communications

अब वामदेव गौतम नेकपा एमाले (समाजवादी) तिर

भाद्र ३,काठमाडौ

एमाले बिधिबत दुइचिरा भएपछि वामदेव गौतम नेकपा एमाले (समाजवादी) तिर लाग्ने निर्णय गर्नुभयको छ । एकताको सुत्रपात बनेक एमाले  नेता वामदेव गौतमले अब माधव नेपाललाई साथ दिएर अगाडि बडने कुरा बुझियको छ ।

पार्टी एकता राष्ट्रिय अभियानको बिहीबार जुम बैठकले एमाले विभाजन भइसकेको बिसयलाइ  मध्यनजर गर्दै माधव नेपालले नेतृत्व गरेको नेकपा एमाले (समाजवादी) लाई सहयोग गर्ने निर्णय गरेको उहाको सचिवालय सदस्य शैलेन्द्र राउतले जानकारि दिनुभयो ।                  स्मरण रहोस हिजो निर्वाचन आयोगमा पार्टी दर्ताको लागि बुझाएको केन्द्रिय सूचीमा उहाको नाम छैन। गौतमले यसअघि नै झलनाथ खनाल र नेपालले नयाँ पार्टी खोले आफूले साथ दिने बताउनु भएको थियो ।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: