Worldlink Communications

अबिरल वर्षा ले गएको पहिरो को कारण घर बगाउदा पोखरा मा ३ जनाको मृत्यु २ जना घाइते १ जना बेपत्ता

  भाद्र १७,पोखरा

पोखरा महानगर पालिका लगायत देसैभरी बिगत १ हप्ता अगाडिबाट परेको अबिरल परेको वर्षा को कारण वार्ड न. २० भलाम रयालचौर  मा भाडा मा बस्दै आउनु भयका बर्स 45 का कृष्ण श्रेष्ठ परिबार बस्दै आएको घरै पहिरो मा बगेर श्रीमती ३५ बर्सिय सुनमाया तमाङ को हिजो नै मृत्यु भयको हो भने श्रीमान कृष्ण श्रेष्ठ को उपचार हुदाहुदै मृत्यु भएको छ भने  ८ बर्सिय जेठा छोरा राजकुमार श्रेष्ठ को मणिपाल अस्पतालमा उपचाररत हुनुहुन्छ त्यस्तै कान्छो छोरा ३ बर्सिय सन्तोष श्रेष्ठ अझै समाचार लेखिन्जेल भेटिनु भयको छैन ।

त्यस्तैगरि  बाढिपहिरो कै कारण पोखरा ११ भञ्ज्याङ नमुना टोलमा घर पुरिदा १ जनाको मृत्यु भएको छ मृत्यु हुनेमा ४२ वर्षीय लक्ष्य नेपाली को उपचारको क्रममा मणिपाल अस्पतालमा मृत्यु भयको छ भने २ जना घाइते को उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय कास्की प्रबक्ता सुभास हमाल ले जानकारी दिनुभयो ।

त्यस्तै गरि पोखरा १६ आसपास का कृषि बाटो हरुमा नराम्रोसङ्ग पहिरो गयको ले गर्दा कृषक हरु मारमा परेक छन ।स्थानीय सरकारलाई हामिले जानकारी गराउदा  जतिसक्दो छिटो बाटो खुलाउन संबंधित स्थान मा सम्पर्क  गरिरहेको वार्ड अध्यक्ष जीवन प्रसाद आचार्य ले हामिलाइ जानकारी दिनुभयो।

– प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: