Worldlink Communications

कांग्रेस महाधिबेसन हुदै गर्दा राजनीतिमा युवाहरु को चासो र सक्रियता बढयो

भाद्र १९ ,पोखरा

अहिले देस कांग्रेसको १४ औँ महाधिवेशनले  रनक्कै तातेको देखिन्छ यसै  अन्तर्गत शुक्रबार बाट गाउँ/नगर वडा अधिवेशन प्रारम्भ भएको छ। कांग्रेसले आफ्ना  क्रियाशील सदस्यहरुको  नामावली प्रकाशित गरि सकेको हुनाले  धेरै जिल्लामा हिजो बाट नै  वडा अधिवेशन सुरु भएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले बतायको छ  ।

कांग्रेस वडा अधिवेशनमा नेताकार्यकर्ता आफ्ना जिल्ला तथा वडामा चुनावी माहोल बनाउन केन्द्रित भएका छन् भने  कतिपय वडामा सहमतिका साथ वडाको नेतृत्व चयन गरिएको देखिन्छ भने कतिपय वडामा निर्वाचन प्रक्रिया चलिरहेको थाहा हुन आयको छ भने यही भदौ २७ गते सम्म निर्धारित गाउँ/नगरपालिका अधिवेशन सम्पन्न हुने जानकारी दिएको हो ।

नौ लाखको सङ्ख्यामा रहेका कांग्रेस क्रियाशील सदस्य पार्टीको गाउँ/नगर वडा अधिवेशनका मतदाताले  आफ्नो वडाको वडासमिति र क्षेत्रीय प्रतिनिधिको चयन गर्छन्। वडा अधिवेशनले आफूमध्येबाट सभापति एक, उपसभापति दुई, सचिव दुई र सहसचिव दुईगरी सात पदाधिकारी निर्वाचित गर्ने कांग्रेसको विधानमा व्यवस्था भए अनुसार मुलुकभरका छ हजार सात सय ४३ वडा अधिवेशन सम्पन्न हुँदा ४७ हजार दुई सय एक पदाधिकारी र सदस्य एक लाख २१ हजार ६ सय ८१ निर्वाचित हुनेछ। देशभरका वडाबाट एक लाख १४ हजार पाँच सय ७५ क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन् भनियको छ ।

स्मरण रहोस नेपाली कांग्रेसले गाउँ/नगर वडा अधिवेशन आज भदौ १८, गाउँ/नगरपालिका अधिवेशन भदौ २७, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन, एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते तोकिएको  भय पनि १ /२ दिन यताउता हुने देखिन्छ ।यसैगरी कांग्रेसले एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १०, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ लाई तोकेको छ ।

साँच्चै भन्ने हो भने अहिले नेपाली कांग्रेसको महाधिवेशन को राजनीतिमा बुढा पुस्ताहरु भन्दा नयाँ पुसताहरु को लागी आकर्षकको गन्तव्य भएको हामीले छर्लङ्ग बुझ्न सक्छौं नेपाली कांग्रेसमा अब युवाहरूको बाहुल्यता हुनेछ यसको उदाहरणको लागि सबैले बुझनै पर्ने  बिसय नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि  चुनिने बाट होस्  वार्ड कमिटिहरूको निर्माणमा  भएको समितिहरु बाट भएको होस  युवा पुस्ताहरुमा  आएको र भएको जोश जागर र चासोले  देश प्रतिको पार्टीप्रतिको चासो र सबै विषयहरुलाई मध्यनजर गर्दैगर्दा  पोखरा महानगरपालिका मा भएका ३३  वटै वडाहरुमा नेपाली कांग्रेसका नयाँ अनुहारहरुको उमेरदवारी भएको र निर्विरोध पनि युवाहरु नै भएको देखिन्छ यसरी समग्र  पोखरालाई मापनको आधार मान्दा र  देशभरिको नयाँ रिजल्ट आइरहेको महाधिवेशन प्रतिनिधि युवा व्यक्तित्व हरुले नेतृत्व लिइरहेको भन्ने समाचारहरू आइरहँदा पोखरा महानगर पालिका वार्ड -१६ बाट युवा व्यक्तित्व सफल  व्यवसायी अमृत शर्मा  तिमिल्सिना निर्विरोध हुनुभएको छ भने वडा नं १९ बाट पनि युवा व्यवसायी विष्णु प्रसाद बास्तोला निर्विरोध नेपाली कांग्रेसको वडा अध्यक्षको  पद  मा  चयन हुनुभएको छ  यी सबै उदाहरणका पात्र हरुको नामहरु मात्रै हुन् यस बाट हामी सहज देख्न र बुझ्न अनि आकलन गर्न  सक्छौं अब नेपाली कांग्रेस बाट नेतृत्वमा जानेहरु मा युवाहरूको  बाहुल्यता हुनेछ  ।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: