Worldlink Communications

नबआदर्श सामुदायिक बिकास समाज लामाचौरले रजत बर्ष मनायो

भाद्र २१, पोखरा

पोखरा महानगरपालिका १६ मा २०५४ साल मा स्थापित नब आदर्श क्लब को नाम बाट संचालित यस युवा क्लबले आज २५ औ रजत बर्ष मनाइ रहदा नब आदर्श सामुदायिक बिकास समाजको नामले ‘सेवा हि परमो धर्म ‘ भन्ने भाबनाले ओतप्रोत हुँदै स्थानिय रुपमा मात्र नभै रास्ट्रीय स्तर मा नै आफ्नो सेवा को छवि निर्माण गर्दै अगाडि बडेको यस सस्था ले सामाजिक तथा मानबिय कार्यको क्षेत्रमा गौरबमय २४ बर्ष पारगरि  २५ औ बर्षमा प्रबेस गरि  रजत बर्ष मनाइरहेको सुभारम्भ कार्यक्रम को बेलाबेलामा अतिथिहरुलाई माया को चिनो दिदै केक काटेर खुवाउदै आज को  रजत बर्ष भब्य र सभ्य रुपले सम्पन्न गरेको छ ।

समाज का अध्यक्ष रेश्मा शेरचन अधिकारीको  अध्यक्षता मा भयको सो कार्यक्रम को प्रमुख अतिथि यस समाज का परिकल्पनाकार एबम सस्थापक अध्यक्ष बुद्दी बहादुर के सि ले गर्नु भयको थियो भने संचालन समाज का सचिब थिर बहादुर  थापाले गर्नु  भयको कार्यक्रम मा समाज का मानार्थ सद्स्य गणेशमान सिङ भण्डारी, विशेष अतिथी हरुमा वार्ड  अध्यक्ष हरु क्रमशः  शोभामोहन  पौडेल र जीवन प्रसाद आचार्य हुनुहुन्थ्यो भने अतिथि हरुमा विभिन्न सघसस्था का प्रतिनिधि लगायत  समाजका पुर्ब अध्यक्ष एबम पदाधिकारीहरु को उपस्थिती मा गरिएको सो कार्यक्रम सामाजिक दुरि मास्क सेनिटाइजर जस्ता सबै किसिमका सुरक्षा का मापदण्ड अपनाइ गरिएको कार्यक्रम मा   करिब ५० जना जति को उपस्थित मा कार्यक्रम  सम्पन्न भयको थियो ।                                          रास्ट्रिय गीत ,सहिद दिबंगत आत्मा हरुप्रति सम्मान पुर्ण मौन धारणा गरि सबैको सम्मान गरि सुरु गरिएको कार्यक्रम २५ वटा दीपप्रज्वलन गरेर स्वागत गरियको थियो । सुभकामना दिदै मिठो बोली का धनी लय बद्द प्रस्ट शैली मा आफ्नो बोली को प्रखर ता मा निखारता ल्याइ बोली जस्तो काम पनि त्यस्तै गर्नु पर्छ भन्ने भावान का धनी खेलमैदान लामाचौर का अध्यक्ष एबम समाज का सल्लाहकार सुरेन्द्र मान सिङ भण्डारी लगायत सबै किसिमका बक्ता हरुले यस समाज ले गरेका काम पुरै राज्यले,सरकारले गर्ने काम गरेको जस्तो सुकै अबस्था मा पनि जनताको साथमा रहेको रोग शोक नभनी आफ्नोअर्को नभनि आफ्नो श्रोत र साधन ले भ्याए सम्म दिनरात खटिने यस समाज का सबै लाई सबैले प्रशंसा गर्नु पर्ने बताउनु भयो यसै लाई आधार मान्दै यस समाज लाई मुक्तकण्ठ ले हामिले पनि प्रशंसा गर्दै अझै समाज सेवामा अगाडि बडेको पाइला हरु समाज सेवा गर्ने ती मनमुटु हरुलाइ हामीले पनि  सधैंसधै  सहयोग गर्दछौ भन्दै वार्ड अध्यक्ष द्वयले पनि सुभ कामना ब्यक्त गर्नु भयो । अझै  वार्ड अध्यक्ष जिबन प्रसाद आचार्य ले यस  समाजमा रहेर राम्रो छवि बनायका  राम्रो ब्यक्ति हरु राजनीति मा खुलेर आउन  पनि आग्रह गर्नभयो भने पत्रकारहरु राजनीति गर्छन जे हो त्यो लेख्दैन्न के पि ओलि को पालामा ल्यायको खोप आज सम्म पनि नलगाइ राख्दा खोइ त्यो खोप ? भनेर लेख्न सक्दैनन भनेर आरोप लगाउनु  भयो ।    यस्तै गरेर मानार्थ सदस्य गणेश मान सिह भण्डारी ले हेर्दाहेर्दै सस्था २५ बर्ष मा लागेछ अब यो बिग्रन सक्छ  भन्ने उमेर मा आएको छ अझै उचाई मा पुराउन सबैको दाइत्व हुन आउँछ भनदै सस्थाको प्रगति को कामना गर्नु भयको थियो भने प्रमुख अतिथिको रुप मा बोल्दै सस्थाका परिकल्पनाकार एबम सस्थापक अध्यक्ष बुद्दी बहादुर के सि ले आफ्नो स्वास्थ अलि ठिक नभएको  कम्जोर भयको भन्दै  आज सम्म सस्थाले आफुले देखेको सपना पूरा गरेको र बाकी सपना रेशमा शेरचन अधिकारी ले गर्नु पर्‍यो र आगामी बन्ने अध्यक्ष हरुले पनि  रेश्मा को बाटो अबलम्बन गरेर समाज लाई अगाडी बढाउने सुभकामना  व्यक्त  गर्नु भएको थियो भने कार्यक्रम को अन्तमा अध्यक्ष को तर्फ बाट प्रथम उपाध्यक्ष स्वागत सिङ भण्डारीले आफ्नो धारण राख्दै कार्यक्रम सक्नु भएको थियो ।

 

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: