Worldlink Communications

मातृशिसु मितेरी अस्पतालले कानुन संचार मन्त्री लाई स्वागत गर्‍यो

असोज १,शुक्रबार

आज पोखरा को मातृशिसु अस्पतालले प्रदेस मन्त्री बिन्दु कुमार थापा लाई स्वागत सहित सम्मान कार्यक्रम  गर्‍यो ।गण्डकी प्रदेश का कानुन,सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले स्वास्थ्यको क्षेत्रमा मातृशिशु अस्पतालको महत्वपूर्ण भूमिका रहेको बताउनु भयो ।

पोखरा १६ बाटुलेचौर मा रहेको  मातृशिशु मितेरी अस्पतालको थप प्रयोगशाला सेवा बिस्तारको उद्घाटन गर्दै मन्त्री थापाले जनतालाई छिटो छरितो स्वास्थ्य सेवा प्रदान गर्ने गरी अस्पतालले गरेका कामबाट आफु खुसि  भयको बताउनु भयो । नयाँ नयाँ प्रविधिको जडान गरी प्रयोगशालामार्फत जनतालाई  छिटो छरितो स्वास्थ्य सेवा दिने लक्ष्य अस्पताल र समग्र अस्पतालपरिवार को महत्वपूर्ण योगदान छ भन्नुभयो।

कृष्ण थापाको पहलमा निर्माण भएको मातृशिशु मितेरी अस्पताल अहिले आएर प्रदेशकै गौरवको अस्पतालभयको मातृशिशु मितेरी अस्पताल गण्डकी प्रदेशको मातहत सञ्चालन भइरहेको र थप व्यवस्थित बनाउनुपर्ने जिम्मेवारी पनि सरकारको रहेको बताउनु भयो ।अस्पतालको थप भौतिक संरचना विकास को लागि जग्गा प्राप्तिको  विषयमा पहिले नै त्यसको कुरा भयको भए पनि यस  बिसयमा  मेरो पहलकदमी रहनेछ भन्नु भयो  ।

गण्डकी प्रदेशका सांसद एबम एमाले कास्की अध्यक्ष कृष्ण थापाले मातृशिशु मितेरी अस्पतालको निर्माणमा आफुले महत्वपूर्ण भूमिका खेल्दै आयको बताउनु भयो । अस्पतालमा १ सय बेडको व्यवस्थापन गर्न,मातृशिशु मितेरी अस्पतालमा नर्सिङ कलेजको स्थापना गरी शिशु र आमाको उपचार सेवामा थप टेवा पुर्‍याउनुपर्ने तर्फ लाग्नुपर्ने बताउनु भयो ।

अस्पताल  समिति अध्यक्ष उषा बरुवालले मातृशिशु मितेरी अस्पतालमा आमा र नवजात शिशुको उपचार गरिने अस्पताल भएको बताउँदै हाल ५५ बेडमार्फत् निशुल्क रुपमा बिरामीको उपचार भइरहेको र २० बेडको कोभिड वार्डको व्यवस्थापन गरी निशुल्क उपचार दिइरहेका छ भने अब दन्त रोग सेवासमेत बिस्तार गर्ने जानकारीदिनुभयो ।

समरण रहोस कार्यक्रम मा बिभिन्न पार्टी का प्रतिनिधि सहित  पोखरा १६ का अध्यक्ष जीवन आचार्य, वरिष्ठ इन्जिनियर महेन्द्र गोदार र शारदा मोहन काफ्ले लगायत उपस्थितहुनुहन्थ्यो ।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: