Worldlink Communications

सहकारीलाइ पैसाले पैसा किन्ने सस्थाको रुपमा मात्र हेर्दा सहकारीको विकास हुदैनः अर्थ मन्त्री बराल

असोज ३,पोखरा

गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले पैसाले पैसा मात्र किन्ने परिपार्टिले सहकारीबाट आर्थिक विकास गर्र्न नसकिने बताउनु भएको छ ।पोखरा ३३ मा रहेको बाघमारा बहुउदेश्यीय (साकोस) सहकारी संस्थाको ९ नवौंबार्षिक साधारण सभा तथा चौथो अधिवेसनको आइतबार उद्घाटन गर्दै मन्त्रीबरालले पैसाले पैसा किन्ने मात्र परिपार्टीले सहकारीको माध्यमबाट आर्थिक विकास गर्न नसकिने बताउनु भएको हो ।

पैसाले कृषि उत्पादन गर्ने र उद्यमशिलता निर्माण गरी उत्पादनशिल क्षेत्रमा लगानी गर्न सहकारीकर्मीलाई मन्त्री बरालले सुझाव दिनु भयो । सहकारीहरुले तल्लो स्तरका जनताको दैनिक आवश्यकता लाई पुरा गर्दै छरिएको पूजि एकिकृत गरी उत्पादनमा आधारित उद्योग धन्दा एवं व्यवसायमा लगानी गर्नुपर्ने मन्त्री बरालको भनाई थियो ।उहाँलेभन्नु भयो बचत तथा ऋण सहकारी, उत्पादन र उपभोक्ता सहकारीले चक्रको रुपमा अघि बढ्नु पर्दछ सहकारी सिद्धान्त अनुसार सहकार्य गरी छरिएको पूजिलाई केन्द्रित गर्दै जानुपर्छ ।

देशको सिमा बाहिरबाट मात्र सामान ल्याएर बिक्रि गर्ने स्वाभिमानि हुन नसक्ने मन्त्री बरालको भनाई थियो । उत्पादनमा आधारित उद्योग स्थापना गर्नुपर्ने उहाँको भनाइ थियो । हाम्रो देशको क्षमता अबस्था अनुरुप बाहिर देखि निजी पूंजिको व्यबस्थापन गर्नु पर्ने समेत बताउनु भएको मन्त्री बरालले विकसित प्रविधिलाई अवलम्बन गर्नुपर्नेमा जोड दिनु भयो ।

देशका धेरै क्षेत्र बाझो रहेको उल्लेख गर्दै उहाँले देशमा जहिलेसम्म खाद्य पदार्थमा आत्मनिर्भर हुदैनौं तवसम्म मुलुकको प्रगती समेत हुन नसक्ने ठोकुवा गर्नु भयो । उहाँले भन्नु भयो हामीले विश्व  इतिहास हेर्दा पहिला खाद्य बस्तु मा मात्र आत्मनिर्भर हुनुपर्ने अबस्था देखेका छौं, खाद्यपदार्थमा आत्मनिर्भर भए पछि विस्तारै हाम्रो अर्थतन्त्रले गति लिन्छ ।जमिनलाई कसरी हराभरा बनाउने त्यस तर्फ केन्द्रित हुनुपर्ने बताउनु भएको मन्त्री बराललेजंगलको भाग बढेका कारण बादरो समस्या रहेको दाबी गर्नु भयो ।संघिय सरकारकै कारण संघिय मोडलमा प्रदेश सरकार संचालनको करिब साँढे ३ बर्ष नवित्दै जनस्तरमा झन निरासा पैदा भएको मन्त्री बरालको भनाई थियो । संघसंग बाझिने नियमहरु खारेज हुन सक्ने भएको हुदा केही ऐन, निमय कानुनछिटो व्यबस्थापन गर्नुपर्ने अबस्था रहेकोमा संघ सरकारले त्यसलाई छिटोछरितो र सरलीकरण नगरेको उहाँको भनाई थियो । कानून ऐनलाई सामान्य किसानलेबुझ्ने गरी लैजाने ढंगले अघि बढाउने आफुहरुको सोच रहेको मन्त्री बरालको भनाई थियो ।

गण्डकी प्रदेशका निती तथा योजना आयोगका सदस्य माया तिमिल्सिनाले अधिकांशसहकारीहरुले सहकारीको मर्म र भावना अनुसार काम नगरेको दाबी गर्नु भयो । जिल्ला सहकारी संघका अध्यक्ष सावित्रा कोइरालाले प्राय अधिकांश सहकारीहरु बचत
तथा ऋणको मात्र कारोवार गर्ने गरेको बताउनु भयो । जिल्ला बचत सहकारी संस्थाका अध्यक्ष भेषराज बरालले सहकारीहरु अब मर्जमा जानुपर्ने बताउनु भयो ।पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष तेज नारायण अधिकारीले सम्बन्धित निकाय बाट दिएका सल्लाह र सुझावलाई संस्थाहरुले बार्षिक साधारण सभामा सार्वजनिक गर्नुपर्ने बताउनु भयो ।

पोखरा ३३ का वडा अध्यक्ष शिव प्रसाद आचार्यले बाघमारामा दुग्ध पदार्थको प्योकजिङ गर्नुपर्ने बताउनु भयो ।संस्थाका अध्यक्ष डिल्ली राम बरालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संस्थाका सल्लाहकार यज्ञ प्रसाद अधिकारी, हेम बहादुर थापा, सहकारी अभियान्ता सविन जिसी, कमला गिरी, रामा देवि आचार्य, माधव प्रसाद कडेंल, प्रकाश अधिकारी,ग्रिन डेभलपमेन्ट बैंकका जगन्नाथ लामिछाने, सचिव नन्दलाल काफ्ले लगायतले वोल्नु भएको थियो । संस्थाको पार्दीमा शाखा विस्तार भएको छ भने करिब गत बर्ष ३२ लाख भन्दा बढी नाफा आम्दानी गर्न सफल भएको छ ।पत्रकार दीननाथ बराल सहित विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको छ । रेडियो अन्नपूर्ण, कारोवार दैनिकमा आबद्ध बराललाई अर्थ मन्त्री बराल, वडा अध्यक्ष आचार्य, संस्थाका अध्यक्ष बरालले सम्मान पत्रको साथमा दोसल्ला, खादा तथा माला साथमा नगदले सम्मान गर्नु भएको हो । पत्रकार बराल विगत १८ बर्ष देखि
पोखरा मा रहि पत्रकारिता गर्दै आएका छन्। यस अघि उक्त पुरस्कार बाट विजय नेपाल, राजन उपाध्याय, स्व.गणेश पौडेल, भिमपाणि बराल, बिमल अचार्य,बिष्णु हरि पौडेल, बासुदेव पौडेल, जमुना बर्षा, रामजी लम्साल सम्मानित हुनु भएको थियो ।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: