Worldlink Communications

सबै किसिमका भ्रष्टाचारको छानबिन गरि दोषीलाई कारबाही गर:माधब नेपाल

असोज ३ पाेखरा

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सबै किसिमका भ्रष्टाचारको छानबिन गरि दोषीलाई कारबाही गर्न  सरकार सँग जोड्दार माग गर्नु भयो। भ्रष्टाचार गरेर  देश र जनतालाई लुट्न पाइँदैन  । हामी यसले लुट्यो भनेर भन्दैनौं प्रमाणीत नभएको कुरामा आरोप लगाउन पनि हुँदैन भन्दै कोभिड–१९ को भ्याक्सिनमा अरबौंको भ्रष्टाचार छ ,वाइड बडी जहाज खरिदलगायत धेरै विषय मा भ्रष्टाचार छ किन छानबिन हुँदैन ? यदि कसैको संलग्नता छैन भने छानबिन गर्न किन डराउनुपर्यो ? सरकार सङ्ग प्रतिप्रश्न गर्नु भयो ।

नेपालले हाम्रो पार्टी  यसै साताभित्र सरकारमा सहभागी हुने बताउनु भयो ।    जनताहरुका  धेरै समस्या  छन भन्दै सरकारमा   आफूहरु सहभागी भएपछि क्रमशः  समाधान गर्दै जाने बताउनु भयो । हामी सरकार मा सामेल भयपछी  जसले जे सुकै प्रचार गरोस अर्थात भनोस हामिले यस्ता उस्ता भनेर आसे पासेलाई सरकारि नियुक्ति गरेर पठाउने छैनौ । हामी ती सबैबाट मुक्त भएर सबै लाई राम्रो सङ्ग व्यवस्थापन गर्छौं । राम्रा मान्छे छानेर पठाउँछौं भन्नू भयो । पोखरामा प्रदेश कमिटी कार्यालय उद्घाटनपछि नेता कार्यकर्तालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले एमालेहरु हामी भित्र खेल्न चाहेको छन र जे पनि बोल्दै हिडेको छन यसलाइ चिरदै हाम्रो ५ दल को गठबन्धन चुनाब सम्म कायम रहने बताउनु भयो। अब हामी सरकार मा गयपछी चुनाव सम्म ५ दलको गठबन्धनलाई मजबुत बनाउने छौं । तपाई हरुले पनि देख्नु भएको नै छ इमानदार कार्यकर्ताहरु हामीसँग गोलबन्द हुनु भएको छ ।

माधब नेपाल ले केपी ओलीको व्यक्तिवादी प्रवृत्तिका कारण संविधान र कम्युनिस्ट पार्टी बद्नाम गर्ने काम गरेको आरोप लगाए ।जहा व्यक्तिवादी प्रवृत्ति हाबी हुन्छ त्यहा संविधान र देशको माया हुँदैन ।त्यसैले त एमाले को यो दुर्दशा भयो ?यो सबै केपी ओलीका कारण भयको हो। अहिले एमालेको नाम लिँदा नाक, मुख खुम्च्याउ नु पर्ने स्थिति आयो । अन्तर्राष्ट्रिय स्तरमा यस्तो घटना भएको भए यस्तो  प्रधानमन्त्रीलाई सजायँ को कठघरामा उभ्याउने  गरिन्छ ।  तर हाम्रो देसमा ओलीलाई नेपाली जनताले नै सजायँ दिने बिश्वास गर्नुभयो।

अध्यक्ष माधव नेपालले आफूहरू गण्डकीमा कमजोर रहेको कारण  तत्कालीन अबस्थामा गण्डकीमा निष्ठाको राजनीति गर्नेलाई टिकट नदिएर आफ्ना पक्षधरलाई पीडित बनाएको भन्नु भयो ।ओलि ले माधब नेपाल को पार्टीसँग ५ प्रतिशतमात्र शक्ति रहेको भनी गरिएको प्रचारप्रसार मा कुनै तुक नभएको दाबी गर्नुभयो ।

अहिले भर्खर  हाम्रो कुनै पनि पार्टीसँग एकता नहुने र अनावश्यक रुपमा हिजोको कुरा सम्झेर हुँदैन एमाले मा फर्केर जाने कुरा कत्ति पनि नसोच्नुस । हामी यही पार्टीलाई अझै मझबुत बनाएर अगाडि बढने छौ अहिले कुनै पार्टीसँग हाम्रो एकता हुने वाला छैन ।हामि हाम्रै शक्तिका भरमा अघि बढ्छौं । सातै प्रदेशमा हामि बलियो छौं । प्रदेश १ र वागमतीको सरकार साता भित्रै ढलाएर नयाँ सरकार गठन गर्ने बताउनु भयो। स्मरण  रहोस नेकपा समाजबादी पार्टी ले जाल्पारोडमा भवन भाडामा लिएर गण्डकी प्रदेश कमिटी र कास्की जिल्लापार्टी कार्यालय खोलेको छ  ।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: