Worldlink Communications

MCC कुनै हालत मा पास हुदैन -कृष्ण बहादुर महरा

असोज ९, दाङ । सत्तारुढ नेकपा माओवादी का  स्थायी समिति सदस्य एवम् प्रवक्ता  महराले अमेरिकी सहयोग परियोजना (एमसीसी) कुनै पनि हालतमा पास नहुने बताउनु भयो ।                                                                                                  अखिल क्रान्तिकारी लुम्बिनी प्रदेश कमिटीको प्रथम सम्मेलनको उदघाटन समारोहलाई शनिबार सम्बोधन गर्दै महराले भन्नु भयो ‘तपाईंहरू ढुक्क हुनुस् एमसीसी कुनै पनि हालतमा पास हुँदैन´।

उहाले अझै थप्नु भयो `एमसीसीलाई नेपालमा टेकेर चीनलाई घेर्ने रणनीति हो´ भन्नुभयो । एमसीसीको प्रकृया बढाउँदा आर्थिक सहयोगको विषयमा मात्र राखिएकोमा अहिले अमेरिकाले सैन्य गठबन्धनमा रूपान्तरण गरेको उहाको भनाइ छ ।  हो म एमसीसी प्रकृया अगाडि बढाउँदा म मन्त्री थिएँ तर त्यतिबेला आर्थिक सहायता भन्ने मात्र थियो, तर अहिले आएर अमेरिकाले आर्थिक सहायतालाई इण्डो प्यासिफिकको अभिन्न अंगको रुपमा स्थापित गरेको छ,’ यो हाम्रो लागि सैह्री हुदैन महराले भन्नुभयो  ।

याबत नाटक ले गर्दा आफू सभामुख हुँदा पनि एमसीसीको विषयलाई संसदमा प्रवेश गर्न नदिएको उहाले बताउनु भयो । -प्रकाश अधिकारी

 

प्रतिक्रिया दिनुहोस्: