Worldlink Communications

मन्त्रालय बाँडफाँड को टुङो लाग्यो नेकपा एकीकृत समाजवादी र जसपाले पायका मन्त्रालय

असोज १९,काठमाडौं

गठबन्धनमा रहेका दलहरू मन्त्रिपरिषद विस्तारको आन्तरिक तयारी मा जुटेका छन्।   गठबन्धनबीच  मन्त्रालयको संख्या र नाम   टुंगो लगाउन समस्या देखिएको भयपनि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको स्वास्थ्य समस्याका कारण बिच बाट पनि मन्त्रिपरिषद् विस्तारबारे गठबन्धनमा रहेका दलहरुबीच छलफल अगाडि बढेको हो ।

आज बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठकले मन्त्रालय भागबण्डाको विषयमा सहमति जुटाएको छ। मंगलबार जुटाएको सहमतिअनुसार नेकपा एकीकृत समाजवादीले ५ मन्त्रालय पाउने भएको छ। रक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, उद्योग वाणिज्य तथा आपूर्ति, सहरी विकास मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय पाउने भएको हो। साथै एक राज्यमन्त्री पनि पाउने स्रोतले बतायो भने ।

समाजवादी पार्टी (जसपा)ले ५ मन्त्रालय पाउने भएको छ। जसअनुसार जसपाले भौतिक पूर्वाधार तथा यातायात, शिक्षा, विज्ञान तथा प्रविधि, संघीय मामिला तथा सामान्य प्रशासन, वन तथा वातावरण र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पाउने भएको हो।

एकीकृत समाजवादीका एक नेताको भनाइमा औपचारिक रूपमा मन्त्रालयको संख्या टुंगो लगाएको भए पनि केही मन्त्रालयमा भने छलफल भइरहेको छ। जसपाले दाबी गरेका केही मन्त्रालयमा एकीकृत समाजवादीले पनि दाबी गरेका कारण केही मन्त्रालय भने अझै फेरबदल हुनेछन।

अहिलेसम्मको सहमति अनुसार कांग्रेसले ६, माओवादी, एकीकृत समाजवादी र जसपाले ५-५ वटा मन्त्रालय पाउनेछन एक-एक जना राज्यमन्त्री चाहिँ जसपाबाहेकका दलले पाउनेछ।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: