Worldlink Communications

जापान कोरिया फिर्ती नेपालीहरुले गरे चियापान तथा सुभकामना अदानप्रदान कार्यक्रम


कर्तिक ०६,पोखरा

आज पोखरामा जापान कोरिया रिटर्नी ग्रुपको आयोजना मा  चियापान कार्यक्रम भब्य र सभ्य रुपमा सम्पन्न भयो ।शुभ दीपावली छठ नेपाल संवत् ११४२ लोसार लगायतका आसन्न चाडपर्वहरुको को अवसरमा आयोजित जापान कोरिया returnee ग्रुपले आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा  एन आर एन जापानका अध्यक्ष,अन्तर्राष्ट्रिय एन आर एन को महिला उपाध्यक्ष लगायत सम्पूर्ण नया टिम लाइ बधाई दिनको लागी  पावर हाउसको एक होटलमा गरिएको सो कार्यक्रम को संचालन गणेशराज पहारीले गर्नुभएको थियो ।

उपस्थित सबैलाइ सम्मान स्वरुप japan nepal का अध्यक्ष शिवप्रसाद पौडेलले आफ्नो मन्तव्य राख्नु भएको थियो उहाले बोल्ने क्रममा विगत एनआरएन ले दुइ करोड़ रुपियाँ अहिलेसम्म समितिलाई नबुझाएको गुनासो पनि पोख्नु भएको थियो भने अन्तर्राष्ट्रिय महिला उपाध्यक्ष रबिना थापाले nepal अझै कास्कीले  एनआरएन अध्यक्ष पाउनु भनेको कस्केलीहरूको लागि सौभाग्य र  महत्वपूर्ण भएको जानकारी गराउनु भयको थियो यसैगरी रविन थापाले अझै अगाडि भन्नु भयो कास्कीले जापानको हकमा होस् या अन्तर्राष्ट्रिय एनआरएनको हक मा होस कास्कीले एकदमै महत्वपूर्ण व्यक्तिहरु पद हरु पाएको छ यसलाई भरमग्दुर प्रयोग गर्न सकोस भन्नु भयो ।

यो कार्यक्रमलाई भव्य र सभ्य रुपमा मनाउनको लागि उपस्थित सबै लाई खाजा,खादा,फलफूल र cold drinks लगायत सबैको व्यवस्थापन गरिएको थियो भने यस को प्रायोजक हरुमा सुन्दर पौडेल,गणेशराज पहारि,अमृता आचार्य र जापान नेपाल कास्की संघले ब्यबस्थापन गरेका थिए।

स्मरण रहोस यस  कार्यक्रमको आयोजना गर्नको लागि महत्वपूर्ण भूमिका सुन्दर पौडेल,अमृता आचार्य,हरीबहादुर पहारी,गणेशराज पहारी र सुरज गुरुङ को महत्वपूर्ण भूमिका रहेको प्रस्ट देखिन्थ्यो। बोल्दै सुभकामना आदानप्रदान गर्दै एनआरएन तथा अन्तर्राष्ट्रिय महिला एनआरएनका उपाध्यक्ष पदाधिकारी हरु सङ खाजा खाना खादै बधाई दिने कार्यक्रम पोखराको पर्यटकीय क्षेत्र पावर हाउस  नजीकैको  होटल म गरिएको थियो ।

-प्रकाश अधिकारी 

प्रतिक्रिया दिनुहोस्: