Worldlink Communications

प्रदेस प्रमुख प्यासी ले नवनियुक्त मुख्यमन्त्री राई लाइ शपथ खुवाउनु भयो

मुख्यमन्त्री राईले नियुक्त गरेका प्रदेश सरकारमा ५ मन्त्रीले समेत मंगलवारै शपथ लिएका छन्। मुख्यमन्त्री राईले नेपाली कांग्रेसबाट केदार कार्कीलाई आन्तरिक मामिला मन्त्री र हिमाल कार्कीलाई भौतिक पूर्वाधार विकास मन्त्री बनाएका छन्।नेकपा माओवादी केन्द्रबाट इन्द्र आङ्बो आर्थिक मामिला मन्त्री, जसपाबाट जयराम यादव सामाजिक विकास मन्त्री र राष्ट्रिय लोकतान्त्रिक मञ्चबाट विष्णुमाया तुम्बाहाङ्फे सामाजिक विकास राज्यमन्त्री बनाइएको छ।

स्मारण रहोस नेकपा एमालेका सचिव तथा निवर्तमान मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएपछि नेकपा एकीकृत समाजवादीबाट राई मुख्यमन्त्री बनेका हुन्

-प्रकाश अधिकारी

 

प्रतिक्रिया दिनुहोस्: