Worldlink Communications

प्रचण्डले एमसीसी पास गर्छु भन्नु भएको छैन झुट बोल्छन:देउवा

कार्तिक १९,काठमाडौ

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले एमसीसी पास गर्छौ भनेर पार्टी अध्यक्ष प्रचण्डले हस्ताक्षर गरेर अमेरिकालाई पत्र नलेखेको दाबी गरेका छन् । हिजो मात्रै प्रधानमन्त्री शेरबहादुर देउवा ले एमसीसी पास गर्छौ भनेर प्रचण्डजी र मैलै हस्ताक्षरनै गरेर अमेरि कालाई पठाइसेकेका छौँ भनेर सार्वजनिक रुपमै दावी गरेको समय मा सचेतक गुरुङले देउवाको दाबीलाई झुट्टा भनेका छन् ।      देउवाको अभिव्यक्तीका बारेमा ओटीभी नेपाल डटकम सँग कुरा कानी गर्दै गुरुङले देउवाले पुरानो कुरा गरेको होला अहिले त्यस्तो केहि भएको छैन भनेका छन् । चार बर्ष अघिनै दलहरुको विचमा असहमती छ धेरै कुरा क्लियर हुनै बाँकी छ भनेर लेखेको पत्रको कुरा होला गुरुङले भनेका छन् ।

देउवाले अहिले तत्कालको कुरा गरेका छन् प्रचण्ड र मैले तत्काल एमसीसी पास गर्छौ भनेर अमेरिकालाई पत्र     लेखेका छौ  भन्ने आशयले भनेका छन् त ?  भन्ने ओटीभी नेपाल डटकमको प्रश्नमा गुरुङले आफुलाई      त्यस्तो नलागेको र देउवाले अहिलेको होइन पुरानो कुरा गरेको हुन सक्ने उनले बताए ।      प्रचण्ड माथी यस्तो आरोप लागी सके पछि उहाँ र माओवादी केन्द्रले यस बिषयमा केही बोल्नु पर्दैन ? भन्ने प्रश्नमा गुरुङले यस बिषयमा अध्यक्ष प्रचण्डले खण्डन गर्न सक्ने बताएका छन् ।

यदि अहिलेको कुरा देउवाले गरेका हुने भने अध्यक्षले यस बिषयमा प्रष्ट पार्नुहुन्छ होला भनेका छन् । तपाइहरु एमसीसीको बिषयमा विरोध गरेर हिड्नु भएको छ यति गम्भिर आरोप पार्टी अध्यक्ष माथी लाग्दा पार्टीमा आवाज उठाउँनु हुन्छ की हुँदैन ?भनेर ओटीभी नेपाल डटकमले सोध्दा माओवादी केन्द्र प्रमुख तथा सचेतक गुरुङले यस्ता कुरा पार्टीमा उठिनैरहेको र फेरी पनि उठ्ने बताएका छन्

प्रधानमन्त्री देउवाले प्रचण्डको समेत नाम जोडेर एमसीसीमा जोडेपछि राजनिती फेरी तातेको छ । एमसीसी विरोधी अभियान्ता हरु जुरुक्क उठेका छन् तिहार पछि आन्दोलननै गर्ने तयारी गरेको कतिपय एमसीसी विरोधी अभियान्ताहरुले गरेको बताइन्छ ।

श्रोत : ओटीभी नेपाल .कम

प्रतिक्रिया दिनुहोस्: