छिट्टै कर्मचारी व्यबस्थापन गछौंः अर्थ मन्त्री बराल

छिट्टै कर्मचारी व्यबस्थापन गछौंः अर्थ मन्त्री बराल

परिबर्तन न्युज
२९ कार्तिक २०७८ बजे
परिबर्तन न्युज
२९ कार्तिक २०७८

कार्तिक २८, मुस्ताङ

गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले छिट्टै कर्मचारी व्यबस्थापन गर्ने बताउनु भएको छ । अर्थ मन्त्रालयले आइतबार मुस्ताङमा आयोजना गरेको बजेट कार्यान्वय र आर्थिक अनुशासन सम्बन्धि अन्तरक्रिया एवं छलफल कार्यक्रममा वोल्दै मन्त्री बरालले प्रादेशिक कार्यालयमा कर्मचारी अभावले गर्दा धेरै योजना प्रभावित हुन लागेकोले अब छिट्टै कर्मचारी व्यबस्थापन गर्ने बताउनु भएको हो ।

Advertisement:Ad
Advertisement:Ad

संघ सरकारले प्रदेशमा आवश्यक पर्ने कर्मचारी व्यबस्थापन गर्न नसक्दा र प्रदेशले लोक सेवा आयोग ढिलो ल्याउदा कर्मचारी व्यबस्थापन गर्न कठिन भएको बताउनु भएको छ । विसम परिस्थितीमा बनेको बजेट कार्यान्वयनको विकल्प नभएको उहाँको भनाई थियो । सृजना भएको दाहित्वले गर्दा श्रोत नयाँ श्रोत विना नयाँ योजनालाई बजेट व्यबस्थापन गर्न कठिन हुने मन्त्री बरालको भनाई थियो । उक्त चुनौतीलाई सामना गर्न समन्वय र सहकार्य गर्नु पर्ने उहाँको भनाई थियो । प्राप्त बजेट बढी भन्दा बढी कार्यान्वयन गर्न कर्मचारीहरुलाई निर्देशन दिदै मन्त्री बरालले अघिल्लो बर्षको तुलनामा यस बर्ष करिब ५ अर्ब कम बजेट विनियोजन भएकोले प्राप्त बजेटलाई प्रभावकारी ढंगले कार्यान्वन गर्न आग्रह गर्नु भएको छ ।

जिल्ला समन्वय समिति मुस्ताङका उपप्रमुख राजेन्द्र शेरचनले कर्मचारी अभावले गर्दा विकास निर्माण एवं जनताका धेरै काम प्रभावित भएको बताउनु भयो । अर्थ मन्त्रालयका सचिव बैकुण्ठ प्रसाद अर्यालले बजेट कार्यान्वयनको अबस्था बुझि कठिनायी भएको अबस्थामा सहजीकरण गर्ने उद्धेश्यले बागलुङ, पछि मुस्ताङ जिल्लामा छलफल गरिएको बताउनु भयो । आगामी दीनमा बजेट कार्यान्वयनमा कसरी सहजीकरण गर्न सकिन्छ त्यसको समस्या पहिचान सहित समाधान गर्न समेत कार्यक्रमले सहयोग पुग्ने उहाँले बताउनु भयो । कोष लेखा तथा नियन्त्रण कार्यालय मुस्ताङका डालेश्वर अर्यालले प्राकृतिक श्रोत साधनबाट राजश्व संकलन हुन नसकेको गुनासो गर्नु भयो । स्वास्थ्य कार्यालय मुस्ताङका टिकाराम भण्डारीले मुस्ताङमा हाल दुई जना होम आइसुलेसनका कोरोना शंक्रमित भएको बताउनु भयो । मुस्ताङ कोरोनाबाट हालसम्म १५ जनाको मुत्यु भएको उहाँले जनाउनु भयो ।

Advertisement:Ad
Advertisement:Ad

पूर्वाधार विकास कार्यालय मुस्ताङका प्रमुख विवेक सिग्देलले ६ वटा बहुबषीय योजनाहरु भएको बताउदै यसै बर्ष उक्त योजना सहित अन्य दाहित्व यसै बर्ष सकिदा कार्यालयलाई करिब १४ करोड रुपैया आवश्यक पर्ने भएको दाबी गर्नु भयो । सामाजिक विकास कार्यालय मुस्ताङका प्रमुख रामचन्द्र ढुंगानाले हालसम्म आफु मात्र एक कर्मचारी भएकोले काम गर्न कठिन भएको गुनासो गर्नु भयो । हालै गठन भएको कार्यालयमा एक जना मात्र कर्मचारी हुदा आफुले चाहेर पनि काम गर्न कठिन भएको उहाँको भनाई छ ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अर्थ मन्त्रालयका शाखा अधिकृत द्धय केशव सुवेदी, डिल्ली सुवेदी लगायतका प्रदेशका विभिन्न कार्यालयका प्रमुख एवं प्रतिनिधिहरुले वोलेका थिए ।

यर्सैबिच, आइतबार मुस्ताङमा आएको हिउपहिरोमा परी घाइते भएकाहरुलाई मन्त्री बरालले जिल्ला अस्पताल मुस्ताङमा पुगेर भेटघाट गर्नु भएको थियो । साथ उहाँले घाइतेहरुको शिघ्र स्वास्थ लाभको कामना समेत गर्नु भएको छ । हिउपहिरो गएको क्षेत्र घट्टेखोला क्षेत्रमा पुगेर समेत मन्त्री बरालले स्थानियलाई पुनः पहिरो जान सक्ने भन्दै सचेत रहन आग्रह गर्नु भएको छ ।

-प्रकाश अधिकारी

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज