Worldlink Communications

तनहु को दमौली बजार सुनसान ११ जना नेता पक्राउ

कार्तिक ३०,पोखरा

आज बिहानै देखि पेट्रोलिम पदार्थको मूल्य फिर्ता  गर्न माग गर्दै नेपाल बन्द गराउन सहर केन्द्रित प्रमुख बाटोहरुमा खटिएका विप्लब माओबादी का ११ जना नेता कार्यकर्तालाइ  दमौली बाट प्रहरी ले गिरफ्तार गरेको छ ।

गिरफ्तार मा पर्ने हरुमा जिल्ला का सेक्रेटरी एटम ,नगर इन्चार्ज ओम पन्त ,मजदुर का अध्यक्ष हिमाल ,अखिल का सचिब शिब लगाएट का कमरेड हरु पक्राउ पर्नु भयको सो पार्टीका जिल्ला इन्चार्ज  पूर्ण जित पुन ले जानकारी दिनुभयो । पक्राउ पर्नु भयका नेता कार्यकर्तालाइ तुरुन्त रिहा गर्नु पर्ने माग गर्नु भयो ।

स्मरण रहोस माओबादी  विप्लब समुहले देस र जनता घाँटी निसासिने गरि गरेको महङी को बिरोध मा गरिएको यो बन्द को आयोजनाले सबै सबै किसिमका  आम जनता को साथ् र सहायोग पाउने आस गर्दै केहि दिन अगाडी नै बन्द को सुचना गरे अनुसार  आज बाटोघाटो हरु पुरै  सुनसान देखिन्छन भने शैक्षिक सस्था हरु पनि  पुरै बन्द देखिन्छन । बन्द को प्रभाब पोखरा मा  छिटफुट  अत्यावश्यक मोटरसाइकल बाहेक अरु चलेको देखिएको छैन भने बन्द कर्ताहरु हामिपनि  शान्त बन्द चाहन्छौ भन्दै हिडेको देखिन्छ  ।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: