Worldlink Communications

अखिल नेपाल पर्यटन मजदुर संघको- प्रदेस,जिल्ला र नगर को समिति चयन सम्पन्न

मसिर 3,पोखरा

नेपाल पर्यटन मजदुर संघको गण्डकी प्रदेश कमिटीको पहिलो अबिधेशन, कास्की जिल्ला कमिटीको तेस्रो अबिधेशन तथा पोखरा महानगरपालिका कमिटीको पहिलो अबिधेशन आज एकै साथ एक कार्यक्रम विच अखिल नेपाल ट्रेड यूनियन महासंघको भवन शान्तीवनमा  भयो ।

नेकपा एमाओवादी कास्कीका जिल्ला इन्चार्ज राजकाजी गुरुङ `करण ´ को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शुभकामना मन्तब्य दिने बक्ताहरुमा अखिल नेपाल ट्रेड यूनियन महासंघका केन्द्रिय उपाध्यक्ष एस पी थापा, अखिल नेपाल ट्रेड यूनियन महासंघ गण्डकी प्रदेशका अध्यक्ष रुद्र गौतम, अखिल नेपाल पर्यटन मजदुर संघका केन्द्रिय अध्यक्ष रामचन्द्र ढुङ्गाना, अखिल नेपाल ट्रेड यूनियन महासंघका केन्द्रिय सदस्य गुणराज बास्तोला, टंक पौडेल, भोजराज खत्री, अखिल नेपाल पर्यटन मजदुर संघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष तथा गण्डकी प्रदेश ईन्चार्ज धनबहादुर तामाङ, महासचिव सन्तोष ढकाल, समाजवादी ट्रेड यूनियन नेपालका केन्द्रिय अध्यक्ष पूर्णबहादुर मोक्तान हुनुहुन्थ्यो ।

त्यसै गरि टेसा पोखराका अध्यक्ष नारायण सापकोटा तथा नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेशका अध्यक्ष शेषकान्त शर्माले समेत शुभकामना मन्तब्य दिनु भएको सो कार्यक्रमको सभापतित्व तथा स्वागत मन्तब्य प्रकाश ढुङ्गानाले दिनु भएको थियो भने कार्यक्रम सञ्चालन लिलाधर आचार्यले गर्नुभएको हो ।

गण्डकी प्रदेस मा १५ सदस्यीय कमिटीको अध्यक्षमा विष्णु प्रसाद देवकोटा उपाध्यक्षमा दिलिप आचार्य र मान बहादुर गुरुङ, सचिव लिलाधर आचार्य, कोषाध्यक्षमा अमृत भट्टराई तथा सदस्यहरुमा महेन्द्र भुजेल, सन्तोष श्रेष्ठ, फुर्वा शेर्पा, ब्रर्धलाल गुरुङ, वावुराम विक, गामा राई, सन्दिप विक, कैलाश गुरुङ र योहाब तामाङ सर्वसम्मत चुनिनुभएको छ ।

कास्किमा कुल बहादुर तमाङ को अध्यक्षता मा १५ सदस्यीय जिल्ला कमिटीमा अध्यक्षमा कुल बहादुर तामाङ टाईगर, उपाध्यक्षमा लालप्रसाद छन्त्याल र विक्रम वस्नेत, सचिव गोपाल तामाङ, कोषाध्यक्ष कृष्ण प्रसाद पौडेल तथा सदस्यहरुमा शम्भु घले, सुक बहादुर गुरुङ, गोपी भट्टराई, राजकुमार राई, विपिन घिमिरे, निर बहादुर मगर, सुकलाल घले, सुरेश दमै र धन बहादुर मगर सर्वसम्मत चयन हुनुभएको   छ।

पोखरा महानगर मा १५ सदस्यीय महानगरपालिका कमिटीको अध्यक्षमा कृष्ण प्रसाद भट्टराई, उपाध्यक्षमा उत्तरकुमार राई र निमा शेर्पा, सचिव विश्व क्षेत्री, सहसचिव राजन राई, कोषाध्यक्ष कर्ण राई साथै सदस्यहरुमा मल्ल गुरुङ, सोझो राई, भिमराज भट्टराई, हर्क बहादुर नेपाली, प्रेम राज क्षेत्री, सार्की राज राई सुवास विक, भक्ति छन्त्याल र गणेश राई सर्वसम्मत चुनिनु भएको हो ।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: