Worldlink Communications

नेकपा माओबादी केन्द्र पोखराका सबै वार्ड हरुका अधिबेशन उत्साह पुर्ण तरिकाले सम्पन्न: बिस्वप्रकाश लामिछाने

मसिर ४, पोखरा

आज माओबादी केन्द्र पोखराका ३३ वटा वार्ड हरुमा एकै पटक अधिबेसन समपन्न गरेको कुरा हामिलाइ पोखरा महानगर का अध्यक्ष बिस्वप्रकाशले  बताउनु भयो। त्यस्तै गरि कास्की जिल्ला का सम्पुर्ण वार्ड हरुमा नेकपा माओबादी केन्द्र कोअधिबेसन निकै उत्साह का साथ सप्पन्न  भयको जिला पार्टी अध्यक्ष बखान सिङ गुरुङ ले बताउनु भयो ।

नेतृत्व कहि कतै जान नसक्ने भने पनि आज भने नेकपा माओबादी का नेताहरुलाई कार्यक्रम को उद्घाटन र प्रमुख अतिथिको आसन ग्रहण गर्न भ्याइनभ्याई  देखिन्थ्यो । आज पोखरा महानगर पालिका १६ को कार्यक्रम को पहिलो सत्र उद्घाटन सत्रको अध्यक्ष ता आयोजक समितिको अध्यक्ष निर्मल आचार्य ले गर्नु भएको थियो भने प्रमुख अतिथि नेकपा माओबादी केन्द्र कास्किका इन्चार्ज राजकाजी गुरुङ` करण´ र अतिथी कास्की पार्टि सचिब बिनय थापा,गहेन्द्र मान उदास पोखरेली लगायत हुनुहुन्थ्यो भने कार्यक्रम सन्चालन सबिना रानाले गर्नु भएको थियो ।

दोस्रो बन्दसत्रको कार्यक्रममा राजनैतिक प्रतिबेदन पोखरामहानगर का सदस्य पोखरा १६ का  वार्ड इन्चार्ज प्रकाश चन्द्र अधिकारी ले प्रस्तुत गर्नु भयको  थियो ।सो क्रममा देस को सबै पार्टी ले MCC  को बारेमा पास गर्नु पर्छ भनेपनी रास्ट्र र रास्ट्रीयता को सबाल मा कहि कतै कहिल्यै पनि नचुकेको हुनाले अब पनि नचुक्ने नझुक्ने पार्टी  भएको हुनाले कुनै पनि सर्त मा MCC मुर्दाबाद भन्नू भयको थियो । यस्तै गरि प्रमुख अतिथिको आसन बाट बोल्दै राजकाजि गुरुङ करण ले माओबादी का सम्पुर्ण एजेन्डा सबैले फ्लोगरेको बताउनुभयो  ।

आज नेपालको रास्ट्रपति बिधा भण्डारी कस्का कारण ले बन्नु भएको छ ?आज काङ्ग्रेस एमाले  पार्टी को अधिबेशन मा यति प्रतिशत महिला जनजाती दलित को यति सिट भनेर कस्ले सुरुवात गर्‍यो ? सथानिय सरकार निर्वाचन मा महिला दलित आदिबासी हरुको यति सिट भनेर कस्ले छुटाटायो ? याबत परिवर्तन हरु  सबै माओवादी ले ल्यायको परिबर्तन हो तर यस्लाइ माओबादी ले क्यास गर्न नसकेको स्वीकार गर्नै पर्छ भन्नू भयो क्यास गर्न नस्क्नु हाम्रो कमजोरी हो भन्नू भयो ।कार्यक्रम भब्य र सभ्य रुपले समापन भयको अधिबेसन बाट निर्मल आचार्य को अध्यक्ष मा ४५ सद्स्य  मुल समिती निर्माण गठन गरेको छ ।

अध्यक्ष:निर्मल आचार्य,उपाध्यक्ष:गोमा परियार,सचिब:जीवन बस्नेत,सहसचिव:सबिना राना,कोसाध्यक्ष :भिम बहादुर गुरुङ हुनुहुन्छ भने सदस्य हरुमा क्रमशः दिल बहादुर गुरुङ,राजेन्द्र ठकुरि,जीवन पौडेल,कृष्ण गायक,हरिनारायण श्रेष्ठ ,टीका बहादुर गुरुङ, सहदेब खवास, शान्ति नेपाली , तिल कुमारी कार्की, पर्बती गुरुङ ,खेम बहादुर दमाई , खेमदीप तुलाचन, भरत प्रसाद आचार्य, रुद्र प्रसाद आचार्य, बिश्नु बहादुर के सि, धर्मदत्त आचार्य,  मनिस् परियार, रोमा नेपाली, सुजन आचार्य, बुद्दिसगर  आचार्य, उर्मिला बि क ,ग्यानु परियार, सुरज परियार, दामोदर आचार्य , दानु सुब्बा सार्की, दुर्गा बहादुर गुरुङ, कृष्ण बहादुर बि.क. ,ओम प्रकाश रसाइली गोस्ते, मान बहादुर घले , दिल बहादुर गुरुङ, एकराज नेपाली, सबिता रसाइली गोस्ते, र कृष्ण थापा ,को समिती बनेको छ । महिला तर्फ अमिता गुरुङ मनकुमारी परियार आशा गौचन सहित २ जना महिला सदस्य पछि थप्ने गरि अधिबेशन मा समिती सदस्य बनाइएको थियो ।                                                                                       महानगरीय प्रतिनिधि छनौट हुनेहरुमा

निर्मल आचार्य,  रामजी आचार्य ,दुर्गा प्रसाद आचार्य, सबिना राना मगर, शान्ती नेपाली, गोभिन्द अधिकारी, नवीन राई, लिलाधर आचार्य, चक्रपाणी सुवेदी, भगवती भट्टराई,  सुमित्रा गाएक, जीवन बस्नेत र एकराज नेपाली हुनुहुन्छ ।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: