Worldlink Communications

निर्वाचन आयोगले मंसिर १७ देखि मतदाता नामावली संकलन गर्दै

मसीर ६,काठमाडाैं

निर्वाचन आयोगले यही मंसिर १७ गतेदेखि मतदाता नामावली संकलन गर्ने भएको छ। ७७ वटै  जिल्ला निर्वाचन आयोग को कार्यालय र अन्य विभिन्न जिल्लाका ४० वटा इलाका प्रशासन कार्यालय बाट हाल भइरहेको मतदाता नामावली संकलन कार्यलाई निरन्तरता दिँदै आएको भए पनि मंसिर १७ गतेदेखि स्थानीय तह का ६३७ वटा स्थानीय तहको केन्द्र बाट  समेत मतदाता नामावली संकलन हुने आयोगले जनाएको छ ।

आयोगका अनुसार मतदाता नामावली संकलन कार्य हिमाली र पहाडी जिल्लाका स्थानीय तहमा १० दिनसम्म सञ्चालन हुनेछ भने तराई भित्री मधेस तथा काठमाडौं उपत्यकाका स्थानीय तहमा १५ दिनसम्म सञ्चालन गरिने बताएको छ । नामावली संकलन अभियानमा १६ वर्ष उमेर पूरा गरी नेपाली नागरिकता प्राप्त गरेका सबै नागरिकको मतदाता नामावलीको विवरण संकलन हुने पनि आयोगले प्रस्ट पारेको छ।

स्थायी ठेगाना जुनसुकै जिल्ला को भएपनि आफु रहेको जिल्लास्थित निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा गई  नाम दर्ता गर्न मिल्ने साविकको व्यवस्था हुँदाहुँदै विभिन्न रोजगारी वा अध्ययनको सिलसिलामा आफ्नो जिल्ला बाहिर रहेका नागरिकहरूलाई समेत सहज रूपमा मतदाता दर्ता प्रकृयामा सहभागी गराउन मंसिर १७ गतेदेखि निरन्तर रूपमा सबै निर्वाचन कार्यालयबाट अन्य जिल्लामा स्थायी ठेगाना रहेका नागरिकहरूको समेत मतदाता नामावली संकलन गरिने निर्वाचन आयोगले बताएको छ  ।

यसरी अन्य जिल्लाको निर्वाचन कार्यालयमा मतदाता नामावली दर्ता गराएका व्यक्तिको नाम निजको आफ्नै नागरिकता को स्थायी ठेगाना रहेको मतदाता नामावलीमा समावेश हुने गरी सम्बन्धित जिल्लाको निर्वाचन कार्यालयमा पठाइने र निजको मतदाता परिचयपत्र समेत स्थायी ठेगाना भएको जिल्लाबाटै प्राप्त गर्ने व्यवस्था मिलाइने बिसय आयोगले जनाएको छ ।

मंसिर १७ गतेदेखि सुरू हुने मतदाता नामावली संकलन विशेष कार्यक्रममा देशभर करिव २ हजार ३ सय कर्मचारी प्रत्यक्ष रूपमा संलग्न हुने जनाइएको छ । मतदाता नामावली संकलन अभियानमा सबै राजनीतिक दल, तीनै तहका सरकारहरू, आम सञ्चार माध्यम तथा नागरिक समाजलाई समेत आयोगले आआफ्नो स्थानबाट सहयोग गरिदिन आग्रह गरेको छ ।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: