Worldlink Communications

नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर २ को सभापतिमा केशरप्रसाद निर्दोषी निर्वाचित

मंसिर ७ पोखरा ,

नेपाली कांग्रेस ले हीजो गरेको क्षेत्र स्तरीय महाधिवेशनमा नेपाली कांग्रेस १६  का वार्ड पार्टी सचिब धर्मराज थापा का अनुसार  खुला १० पदमा नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर २ को सभापतिमा केशरप्रसाद निर्दोषी निर्वाचित  हुनुभएको छ उहाले २ सय ४७ मत ल्याउँदा उहाका प्रतिस्पर्धी पुण्डरी प्रसाद बरालले २ सय ३० मत पाउनुभएको थियो भने सचिवमा देवकृष्ण पराजुली र महेन्द्र अधिकारी विजयी ले  २ सय ३० र २ सय २६ मत पाएर विजय हुनुभयो को छ  । सहसचिवमा भावना श्रेष्ठ र विश्वराज आचार्य विजयी हुनु भएको छ । खुला सदस्यमा कृष्णप्रसाद सिग्देल, तारा गिरी र शारदा राज चालिसे निर्वाचित भएको छ । समानुपातिक दलित को तर्फबाट विष्णु सिग्देल चयन हुनु भएको छ ।

क्षेत्र नम्बर २ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि खुला १० पदमा मंत्री विन्दुकुमार थापाले सर्वाधिक मत उहाले ले ३ सय ६१ मत पाई केन्द्रीय महाधिवेशन प्रतिनिधि मा विजय हुनुभयो । नेता देवराज चालिसेले ३ सय २३ मत प्राप्त गर्नुभयो भने मन्त्री कुमार खड्काले २ सय ८८ मत प्राप्त गर्नु भयो भनेअन्य  नेताहरु वीरेन्द्र नारायण विजुक्छेले २ सय ६२, शोभियत बहादुर अधिकारीले २ सय २१, विश्वराज आचार्यले २ सय, माधवप्रसाद बाँस्तोला मधुले १ सय ९८, ऋषिराम काफ्लेले १ सय ७८, गुरु बरालले १ सय ८० र अर्जुन पोखरेलले १ सय ६४ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

महिला तर्फ को  खुला महाधिवेशन प्रतिनिधिमा लक्ष्मी पाण्डेले २ सय ७१, रंगीला आचार्यले २ सय ३७, नम्रता बरालले २ सय १८ र कुमारी मुना बाँस्तोलाले १ सय ८३ मत पाएर विजयी हुनुभएको छ त्यस्तै खस आर्य महिलामा कोपिला तिवारी २ सय ४७, मिलन थापाले २ सय ४५, खसआर्य खुलामा किरण केसी ३ सय ५७, मुकुन्द बाँस्तोलाले   २ सय १०, मदन बस्नेत १ सय ६३ मत पाएर विजयी हुनुभएको छ भने आदिवारी जनजाति महिला प्रतिनिधिमा तीर्थकुमारी गुरुङ ३ सय २१,सुनयना पालिखे २ सय १४ मत पाएर विजयी हुनु भएको छ  भने खुलामा आशिक गुरुङ १ सय ४९, निर्मलप्रसाद कर्माचार्य १ सय ५४ मत प्राप्त गरी विजयी हुनुभएको छ  दलित खुलामा अर्जुनकुमार विक १ सय ९३, दलित अल्पसंख्यक र अपांगमा राधाकुमारी गुरुङ विजयी हुनुभएको छ।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: