Worldlink Communications

माओवादी अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्रमा विकासै बिकास -अर्थ मन्त्री

मङ्सिर ७ भरतपुर

गठबन्धन सरकार का अर्थमन्त्री जनार्दन शर्माले भरतपुर महानगरपालिका र माओवादी अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्रमा सबैले इर्ष्या गर्न लायक विकास भएको बताएका छन् । सोमबार चितवनमा आयोजित ‘समृद्ध भरतपुरका लागि विकास बहस’ विषयक कार्यक्रममा बोल्दै उनले स्वास्थ्य सेवा, शैक्षिक विकास, सामाजिक सेवा, कृषि क्षेत्र, युवा परिचालन, ठूला पूर्वाधार लगायतको क्षेत्रमा भएको विकास देखेर आफूलाई समेत सकारात्मक इर्ष्या जागेको बताउनु भयो ।

सबै इर्ष्या भनेक नकारात्मक मात्र हुदैनन सकारात्मक पनि इर्ष्या हुन्छ भन्दै देशभर सबैले सिक्न लायक विकास हो  भनेर उहाँ ले थप्नु भयो अध्यक्ष  कमरेड प्रचण्डको निर्वाचन क्षेत्र र भरतपुर महानगर पालिको विकास इर्ष्या गर्न लायक भइसक्यो । अन्य महानगर पालिका लाई पनि यस्तै विकसित बनाउने अर्को चुनौति छ । भरतपुर महानगरको विकासबाट मेची र महाकालीलाई  तरङित गर्न खोजेको उहाले बताउनु भयो ।

मन्त्री शर्माले नारायणी तटबन्धन, नारायणी करिडोर, भरतपुर विमानस्थलको स्तरोउन्नती, राष्ट्रिय निकुञ्ज पुग्ने सडकसहित पूर्वाधार विकासका लागि स्रोतको कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । यस्तै भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय रङ्गशालाको निर्माण कार्यलाई पूर्णता दिने विषयमा पनि छलफल भइरहेको शर्माले जानकारी दिनु भयो ।

– सबिन जि सि

प्रतिक्रिया दिनुहोस्: