Worldlink Communications

रुपन्देही इन्चार्ज माओवादी नेता रामप्रसाद बन्जाडे (टंकमणि) को सवारी दुर्घटनामा मृत्यु

 

मसिर ८ बुटवल

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद बन्जाडे (टंकमणि) को सवारी दुर्घटनामा परी मृत्यु भएको छ । दाङबाट बुटवल आउने क्रममा गएराति ८ बजे पूर्वबाट पश्चिम जाँदै गरेको ना ७ ख ९०६ नम्बरको बसले बन्जाडे चडेको लु २६ प ५८९८ नम्बरको मोटरसाइकल लाई ठक्कर दिँदा उहाको बुटवलस्थित लुम्बिनी सिटी अस्पतालमा उपचारका क्रममा बुधबार बिहान साढे सात बजे मृत्यु भएको माओवादी केन्द्र पस्चिम नवलपरासी किसान सघ का नेता चन्द्रकान्त ढकालले जानकारी दिनुभयो ।

उहाका अनुसार कम्युनिष्ट आन्दोलनका एक होनहार योद्धा, नेकपा माओवादी केन्द्र रुपन्देही जिल्ला इन्चार्ज तथा माओवादी पार्टी केन्द्रिय प्रतिनिधि कमरेड राम प्रसाद बञ्जाडे( टंक मणि ) २०७८-०८-०७ मा जन क्रान्तिका  घाइते अपांग योद्धा संघ लुम्बिनी प्रदेशको दोस्रो बैठक दाङ भालुबाङ्ममा सकेर गृह जिल्ला रुपन्देही बुटवल तर्फ आउदै गर्दा सडक दुर्घटनामा परी  उहाको निधन भएकोले सिङ्गो पार्टी स्तब्ध भएको छ। माओवादीको सशस्त्र द्वन्द्वदेखि नै भूमिगत राजनीतिमा होमिनु भएका रामप्रसाद बन्जाडेको निधनले पार्टीले एक असल र इमानदार  नेता गुमाएको माओवादी नेताहरु ले बताउनु भयो । उहाँ सधै सामान्य जीवनशैली र कुसल संगठकको  रुपमा पार्टीको जीवन र सबैको अभिभावक हुनुहुन्थ्यो यस्तो नेता गुमाउनु परेकामा सबैनेता हरुले गहिरो दुख व्यक्त गर्नु भयो ।

सहिद स्मृति प्रतिष्ठान बुटवलका अध्यक्षसमेत रहेका बन्जाडे माओवादी केन्द्र रुपन्देही इन्चार्ज  हुनुहुन्थ्यो  । ५५ वर्ष पुग्नुभएको बन्जाडेको निधनमा नेकपा माओवादी पार्टीले उहाको आत्माको चिरशान्ती को लागि शोकसभा गरेर अन्त्येष्टि गर्ने  बताइएको छ  । अर्घाखाँची को धारापानीमा जन्मिनु भएका रामप्रसाद बन्जाडेका श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ  ।

– प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: