Worldlink Communications

गण्डकीबाट पदाधिकारी सहित ३० जना केन्द्रीय सदस्यको आकांक्षी सभ्भब छ ?

मंसिर  १०,पोखरा

आज देखि चितवनमा सुरु हुने नेकपा एमालेको महाधिवेशनमा गण्डकी प्रदेशबाट चार जना पधाधिकारी सहित २६ जना नेताले केन्द्रीय सदस्यले बन्ने आसमा देखिनुहुन्छ सो कुरा हामीलाई एमाले का केन्द्रिय सदस्य तथा  मदन भण्डारी फाउन्डेसन गण्डकी प्रदेश का सचिव भिम बहादुर कार्की ले सबै  आकांक्षी लाई गण्डकी प्रदेशको सम्पर्क कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको हुनाले हाम्रो गण्डकी प्रदेश मा पार्टी को जिम्मेवारी लिन तयार रहनु भयको जानकारी दिनुभयो  ।

होली डे होम होटेलमा सम्पर्क कार्यालय स्थापना गरेर आकांक्षी सबैलाई सम्पर्क गर्न आग्रह गरिएको उनले बताए । गण्डकी प्रदेशबाट अहिलेसम्म पदाधिकारी र केन्द्रीय सदस्यसहित  ३० जना नेता ले आकांक्षा राख्नु भएकोले उहाहरुलाई हामीले सम्पर्क कार्यालयमा सम्पर्क गर्न भनेका छौं ।उहाका अनुसार सम्पर्क कार्यालयमा गण्डकी प्रदेश समितिका संयोजक किरण गुरुङ, सचिव जगतबहादुर विक, नेताहरु मायाँनाथ अधिकारी र कार्यालय सचिव नेपाली स्वयम प्रदेशबाट जाने प्रतिनिधि, पर्यबेक्षक र आम शुभेच्छुकलाई स्वागत गर्न खट्टिनु भयको बताइएको छ ।  त्यसो त सबैप्रकार को प्रचारप्रसार को व्यवस्था हामी सचिवालयबाटै एकीकृत रुपमा गर्दैछौं भन्नुभयो ।

गण्डकीबाट पदाधिकारीमा  गण्डकीका पूर्व मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ महासचिव मा , गण्डकी प्रदेशको संयोजक रहेका किरण गुरुङ उपाध्यक्षमा ,  केन्द्रीय सदस्य  पद्मा आर्याल र खगराज अधिकारी सचिवमा पदाधिकारी आकांक्षी  मा देखिनु भयको छ । गण्डकी प्रदेशबाट ७५ हजार मानिस महाधिवेसन आउने  जानकारी समेत दिनुभयो । बागलुङ, पर्वत, लगायत गण्डकीका टाढाका जिल्लाबाट अधिकांस सहभागी सौराहा पुगि सकेको र स्यांग्जा,कास्की, लमजुङ र तनहुँ  बाट सहभागि आउने  क्रम रहेको उहाले बाताउनु भयो ।जिल्ला र स्थानीय कमिटीका टोलटोल बाट सबारी साधान व्यवस्थापन गरेको र निजी सवारी साधनमा समेत सहभागीहरु महाधिवेशन स्थलमा आइरहेको जानकारी द्दिनुभायो । हामी गण्डकी ७५ /८० हजार मानिस महाधिवेशनमा लैजादै छौं भन्नु भयो भने तपाइको आफ्नो कुरा के हो भन्दा मा भूगोल बाट केन्द्रिय सदस्य को उम्मेदवार हो भन्नु भयो अन्त मा जे जसो हुन्छ रामरै का लागि हुन्छ भन्नु भयो ।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: