Worldlink Communications

माओवादी केन्द्र पोखरा लाई पदाधिकारी छान्न फलाम को च्युरा

मसिर २१,पोखरा

देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिका सहित रुपा, अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकामा माओवादीले पदाधिकारीको टुँगो लगाउ न नसके पनि सदस्य भने सर्बसम्मत चयन हुनुभको थियो। पोखरा महानगरपालिका कमिटीको अध्यक्ष लगायतका पदाधिकारी चयन नभएपनि ९९ जना सदस्यहरु घोषणा गरिसकेको भएपनि माओवादीले महिला, दलित महिला, युवा, जनजाति सबै क्षेत्रलाई मिलाएर समावेशी कमिटी बनाएको भएपनि । कमिटीमा युवाको बाहुल्यता बढी छ भनेपनी पदाधिकारी को टुंगो लगाउन आजको मिति सम्म पनि नस्क्नु ले गुटबन्दी हुँदै छ भन्ने प्रस्ट देखिन्छ ।

महानगर कमिटीका सदस्यहरुको टुँगो सर्वसम्मत  रुपले लागेपनि अध्यक्ष सहित पदाधिकारीमा सहमति बन्न सकेको छैन । पदाधिकारीमा धेरैको दावी भएकोले माओवादीलाई नेतृत्व छान्न फलाम च्युरा भएको छ । माओवादी पोखरा महानगर कमिटीको अध्यक्ष पदको लागि कृष्ण गिरी(विज्ञान) र गंगा पोखरेलको दावी गरेकोले उहाहरु दुई मध्ये कसलाई अध्यक्ष बनाउने भन्नेमा माओवादी जिल्ला नेतृत्वलाई अध्यक्ष छान्न सकस परेको बताइन्छ । गिरी र पोखरेल मध्येबाट एक जनालाई महानगरको अध्यक्ष बनाउने योजना मा छ भने स्मरण रहोस वाइसियल का जिल्ला इन्चार्ज भोजराज पौडेलले पनि आफूले अध्यक्ष पाउनुपर्ने दावी गर्नुभएको उहाँकै निकट सुत्रले बतायो ।

उपाध्यक्ष पद्को लागि सिर्जना त्रिपाठी, नर्मदा कँडेल,शिबजी लामिछाने र हर्क मान बिसोकर्मा को दावी गर्नुभएको छ भने सचिवमा बिनय थापा,जनकराज पराजुली, भानुभक्त अधिकारी र  राजु तिमिल्सिनाको दाबी भएको  बुझिन्छ यसैगरी कोषाध्यक्षमा लक्ष्मी प्रसाद सुवेदी,हरि भण्डारी ,बलराम सुवेदी र ओमप्रसाद पौडेलले चाहना राख्नुभएको बुझिन्छ भने सहसचिव पदमा सबिन जि सि ,पुष्पकमल ढुँगाना र सूर्य तिवारीले इच्छा राख्नु भएको बुझिन्छ ।

आवश्यकता भन्दाबढीले एकै पदमा चाहना गर्नाले महानगर को नेतृत्व चयन गर्न माओवादीलाई अप्ठ्यारो परेको सजिलै बुझन सकिन्छ ।समान्य तय अधिवेशन सकिएको एतिका दिनमा समेत पोखरा महानगर पालिकामा माओवादीको पदाधिकारी को नेतृत्व चयन हुन नसकेको विषय लाई नजिकै बाट सबैले नियालिरहेक छ्न ।

स्मरणीय छ पोखरा महानगर कमिटीमा रहने ९९ सदस्यहरु भने सर्वसम्मत चयन हुनुभएको थियो । कमिटीको सदस्यहरुमा गंगाप्रसाद पोखरेल, शिवजी लामिछाने, हरिनाराण गिरी, विनय थापा, कृष्णकुमारी सुवेदी, सरस्वती परियार, विमला पहारी, नारायण परियार, भीमबहादुर नेपाली, विशाल बास्तोला, कविर गुरुङ, रामचन्द्र पौडेल, पुष्पकमल ढुंगाना, दयाराम तिवारी, अर्जुन मल्ल, भवानी पौडेल, कृष्णकुमारी लामिछाने, वसन्त भट्टचन, श्रीकान्त अधिकारी, विमला खड्का, देवराज पौडेल, टीका भण्डारी, बिरजंग गुरुङ, काशीनाथ घिमिरे रहनुभएको छ ।

यसैगरी मदिना वि क, जय लामिछाने, सूर्य तिवारी, राम प्रसाद तिमिल्सिना, मंगल नेपाली, चेत कृष्ण भुर्तेल, जनक राज पराजुली, श्री माया घताने, बुद्धि माया गुरुङ, भक्त बहादुर खत्री, गौतम थापा, चिजा गुरुङ, ईश्वरी प्रसाद लम्साल, रवि भण्डारी, गान्धी कुमारी गुरुङ, ऋषि राम बराल, देबी अधिकारी, भरत भट्टराई, शिव पौडेल, विपीन आचार्य, प्रकाश चन्द्र अधिकारी, शान्ति नेपाली, हर्क मान विश्वकर्मा, हिराजंग गुरुङ, लक्ष्मी प्रसाद सुवेदी, गंगा प्रसाद पोखरेल, श्री कृष्ण अधिकारी, मणि चन्द्र कँडेल, गीता खनाल हुनुहुन्छ ।

यसैगरी कुमार लामा, जुवेदा खातुन, निशा खातुन, भानुभक्त अधिकारी, ईन्द्र शोभा पौडेल, भीम विक सेञ्चुरी, राजु शर्मा तिमिल्सिना, प्रजापति अधिकारी, आरती अधिकारी, सविन जिसी, गोविन्द गौतम, रमेश देउजा, सिर्जना त्रिपाठी, माधव शरण पौडेल, हरि माया गौतम, भोजराज पौडेल, प्रकाश कोइराला, तारानाथ ढुंगाना, नवराज अधिकारी, नर्मदा कडेल, मैना लम्साल, चण्डिका बराल, डेभिड गुरुङ, लोक राज दाहाल, हरि भण्डारी, बलराम सुवेदी, चिजा भट्टराई सुवेदी, ऋषि सुवेदी, पूर्ण कला भट्टराई, अनिता वि क, कमला ढकाल, चिजा कुमारी वि क, अनिल परियार, खड्क बहादुर विश्वकर्मा, कुल बहादुर कामी, रविन वि क र ड्रागन बुढाथोकी महानगर सदस्य चयन हुनुभएको थियो ।

– प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: