Worldlink Communications

कांग्रेस सभापति पदमा शेरबहादुर देउवा निर्वाचित उपबिजेता मा डा.ससांक कोइराला

पुस १,काठमाडौं

कांग्रेस सभापति पदमा शेरबहादुर देउवा निर्वाचित हुनुभयको छ । काठमाडौंमा भएको १४औं महाधिवेशन अन्तर्गत पहिलो चरणको मतदानबाट सभापतिको टुंगो नलागेपछि दोस्रो चरणमा शेर बहादुर देउवा दोस्रो पटक को मतदान बाट  विजय हुनुभएको हो ।कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार पाँचौं पटक प्रधानमन्त्री बनेका देउवाले २ हजार ७ सय ३३ मत प्राप्त गरि सभापति बन्नु भएको हो भने  प्रत्यासी डा. शेखरप्रसाद कोइरालाले १ हजार ८ सय ५५ मत प्राप्त गरि उपविजेता बन्नु भएको छ ।

४ हजार ६ सय २३ मत खसेकामा ३५ वटा बदर भएको समितिले जनाएको छ छ भने पहिलो चरणको मतदानमा देउवाले २ हजार २ सय ५८ मत पाउनु भयको थियो भने  डा. कोइरालाले १ हजार ७ सय २, प्रकाशमान सिंहले ३ सय ७१, विमलेन्द्र निधिले २ सय ५० र कल्याणकुमार गुरुङले २२ मत पाउनु भयको थियो। पहिलो चरणमा जित्न उम्मेदवारले खसेको मतको ५० प्रतिशतभन्दा बढी ल्याउन पर्ने थियो  मत नल्याएको अवस्थामा सबैभन्दा बढी मत ल्याउने दुई प्रत्यासीबीच पुन: मतदान गराउनुपर्ने व्यवस्थाअनुसार दोस्रो चरणमा निर्वाचन भएको हो।

देउवा लाइ चिन्ने हरु देउवा कम बोल्ने तर स्पष्ट वक्ता मानिन्छन्। कसैलाई नहोच्याउने र सबैलाई सम्मान गरी अघि बढ्ने स्वभाव र शैलीकै कारण दोस्रो पुस्तामा देउवा मात्र सरकार र पार्टीको कार्यकारी पदमा पुग्न सफल भएको कांग्रेस नेताहरू बताउँछन्। उहाँसँग राजनीतिमा सबैलाई एकीकरण गरेर लैजान सक्ने क्षमता छ देउवालाई नजिकबाट चिन्ने नेता रमेश लेखक भन्छन् कुन साथीभाइलाई कुन स्थानमा मिलाएर सबैलाई समेटेर लैजान सकिन्छ त्यो ठाउँ उहाँले नयाँ बनाएरै भए पनि सबैलाई एक जुट हुने वातावरण मिलाउन सक्नुहुन्छ। यो नै उहाँले पाउने सफलताको मूल सूत्र हो।

स्मरण रहोस देउवा संग सुनौलो भबिस्य र सम्भाबना छन्  देश र  पार्टीलाई संगै  अघि बढाउँछु भन्ने सिद्दान्त अघि सारेरै फेरि चुनाव जित्नु भएका  देउवा डडेलधुराको असी ग्राममा २००३ सालमा जन्मिनु भएको  देउवाले विद्यार्थी जीवनबाटै कांग्रेसको राजनीतिक यात्रा सुरु गर्नुभएको हो  उहाले प्राथमिक शिक्षा डडेलधुराकै असीग्राम प्रा वि र निम्न माध्यमिक शिक्षा महेन्द्र मा वि  बाट गर्नु भएको थियो भने माध्यमिक शिक्षा सीताराम मा वि उच्चकोट डोटीबाट सक्नुभएको थियो ।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: