Worldlink Communications

टान पोखरा ले एक दिबसिय पदयात्रा समपन्न गर्यो

पौष ३,पोखरा                                                                    आज टान गण्डकी को आयोजना र पोखरा महानगर पालिका १६ र १९ को सहआयोजना मा अमला बिसौनी देखि झुप्राङ्कोट सम्म को एकदिबसिय कार्यक्रम समपन्न भएको छ ।                              आज पछाडि परेका पर्यटकिय गन्तब्यको खोजि गर्ने प्रयोजन सहित पर्यटन बिकासका लागि TAAN ले आयोजना गरेको कार्यक्रममा अमला बिसौनी घार्मी ढिकी डाडा हुँदै झुप्राङ्कोट नागि सम्म को लागि  महत्वपुर्ण पदयात्री तथा अभियन्ताहरुसँग रमाइलो सङ समाबेश हुदै बेलुका गर्लाङ कोट होमस्टे मा आएर एक दिबसिय कार्यक्रम  समापन भएको थियो।                                                                                                    पहिले देखिनै पोखराको अत्यन्त नजिक भएर  पनि अहिले सम्म पोखरा १९ को घार्मी र पोखरा १६ को ढिकीडाँडा भ्यु प्वाईन्ट, गर्लाङ्ग होमस्टे र झुप्राङ्गकोट बाट देखिने मनमोहक दृष्यावलोकन गर्ने स्थान हरु गुमनाम हुँद गर्दा आज को पदयात्रा ले one night stay, सहित नागि हुँदै सिक्लेससम्मको पदयात्रा सहज हुने आधार हरु मर्गप्रसस्त गर्दै झुप्राङ्कोट हुँदै अर्मलाकोट वा पुरुन्चौरका लागि एक दिने पदयात्रा गर्ने अवसर पर्यटकले पाउने बिश्वास गरिएको छ ।                                                                                    पर्यटकिय दृस्टिकोण ले पछाडि परेका पर्यटकीय क्षेत्रहरु को बिकास को महत्वपुर्ण शुरुवात भएको हुनाले आगामी दिन मा सबै पक्षले सबैको तर्फबाट महत्त्वपूर्ण अपेक्षा राखी  पोखरा १९ र १६ ले  आज को  कार्यक्रमलाइ गर्भिलो र उत्साहपूर्ण उपस्थिति जनाएर जिम्मेवारी बहन गरेको देखिन्छ यी सबै विषयहरु  स्वागत सत्कार र पदयात्राको क्रममा प्रत्यक्ष देखिन्थ्यो । सम्बन्धित सरोकारवाला, सम्बन्धित निकाय हरुमा पहुँच पुग्ने एवं देश र पर्यटनमा चासो राख्ने सबैको महत्त्वपूर्ण स्थान  हुने आशा एवं बिश्वास यश क्षेत्रले लिएको छ । यश क्षेत्र को प्रबर्द्धन गर्नको लागि हामी यहाँहरु सबै सबैप्रति अति अनुग्रहित छौं धन्यबाद सबै सबैमा भन्नै पर्छ ।

यात्रामा सहभागी ब्यबसायिहरु तथा पत्रकारहरुको टोलिलाई घार्मी लगायतका स्थानहरुमा स्थानीयबासीहरुले बाजागाजासहित भब्य र सभ्य तरिकाले  स्वागत गर्नुभएको थियो । यसै क्रममा कास्की क्षेत्र नं ३ का संघीय सांसद, एमालेका पोलिटब्युरो सदस्य तथा पुर्व खेल्कुद मन्त्री जगत बिश्वकर्मा कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित भएर सहभागीहरुलाई हौसला प्रदान गर्नुभएको थियो ।

ढिकिडाँडामा भएको कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्दै पुर्वमन्त्री जगत बहादुर बिश्वकर्माले प्रदेशको समृद्धिको आधारनै पर्यटन भएकोले दीर्घकालीन योजनासहित अगाडि बढ्नुपर्छ भन्नुभयो भने वडा नं १६ का वडाध्यक्ष जीवन यो स्थल सुन्दर भएर पनि ओझेलमा परेको यस क्षेत्रमा ब्यबसायिहरु आएर पदयात्रा गरेकोमा खुसी व्यक्त गर्नु भएको थियो आगामी दिनमा मिलेर अगाडि बढ्ने बताउनुभयो ।                                          झुप्राङ्कोटमा समापन भएको कार्यक्रममा स्थानीय धार्मिक तथा पर्यटन सम्बद्ध संघ संस्थाका ब्यक्तीत्वहरुले यस पदमार्ग को बारेमा बिभिन्न पक्षबाट बिकासका लागि कामहरुको बारेमा बताउनु भएको थियो।                                                                                झुप्राङ कोट मा समापन भएको कार्यक्रम भए पनि गर्लाङ होमस्टे का स्थानीय ब्यबसायिहरुले स्वागत गर्नु भएको थियो भने कार्यक्रम को सुरु मा तीन सय जना भन्दा बढी को उपस्थित भए पनि अन्त  सम्ममा स्थानीय, पर्यटन ब्यवसाइ र पत्रकारहरु सहित दुई सय जनाको उपस्थिति रहेको थियो ।                                              -प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: