Worldlink Communications

२००४ सालमा स्थापित विन्ध्यवासिनी मा.वि. ले हिरक जयन्ती मनाउदै

पौस १४,पोखरा

पोखरा-१६,बाटुलेचौरमा २००४ सालमा स्थापित भएको विन्ध्यवासिनी मा.वि. ले  यहि पुष २५,२६ र २७ गते भव्य समारोहका बीच हिरक जयन्ती मनाउने भएको छ । हिरक जयन्तीलाई भब्य र सभ्य रुपले  मनाउन विद्यालय यस संग  सम्वद्ध शुभचिन्तक, शुभेच्छुकहरु७५ सदस्य कमिटि बनाइ अ आफ्नो कार्यलाई तिव्रता दिनु भएको देखिन्छ । ७५ वर्ष लामो शैक्षिक विरासत बोकी स्थापना कालदेखि देखि वर्तमान सम्म का चुनौती र अवसरका सम्भाबना लाई बोकेर  हिरक जयन्ती मनाउन लागेको मूल आयोजक समितिका अध्यक्ष समेत रहनु भएकी विद्यालय व्यवस्थापन समितिकि  अध्यक्ष चन्द्रा थापाले हामीलाई बताउनु भयो ।

हिरक जयन्तीलाइ  सम्पन्न गर्न को लागि २९ वटा उपसमितिहरु मा  ७५ सदस्यीय कार्यसमिति बनेपछि हिरक जयन्ती कार्यक्रम अझ तिब्रता का साथ् अघि बढेको देखिन्छ । उपसमितिहरु बनाइ जिम्वामेवारी प्रदान सकेको मूल आयोजक समारोहका सचिव कृष्ण प्रसाद आचार्यले बताउनु भयो ।

पुष २५,२६ र २७ गते सम्म लगातार तिनदिन सम्म हिरक जयन्ती संचालन भई चैत्र मसान्त भित्र सक्ने योजना भएको भएअनुसार  उद्घाटनको  क्रममा २५ खुल्ला रक्तदान बाट शुभारम्भ भई पुष २७ गते हिरक जयन्तीको औपचारिक उद्घाटन पुष २७ गते भव्य र सभ्य  समारोहका बीच कार्यक्रम समापन हुने विधालयका  सूचना अधिकारी राम बहादुर बानियाँले बताउनु भयो ।

तिन महिना सम्म लगातार  हिरक जयन्ती विशेष कार्यक्रम हरुमा विद्यार्थी बीच हुने विभिन्न प्रतिस्पर्धात्मक खेलहरु जस्तै;  वक्तृत्वकला,भलिबल प्रतियोगिता, खुल्ला दौड प्रतियोगिता ,नृत्य प्रतियोगिताआदि र  यस विधालयको क्यचामेंट भीत्र रहेका आमा समूह र  क्लब संघ संस्था बीच विभिन्न प्रतिस्पर्धात्मक खेलकुद कार्यक्रम समेत  गरिने यसी विधालयका ब्यबस्थापन समिति का सदस्य यदुनाथ बन्जराले  हामीलाई बताउनु भयो  ।
हिरक जयन्तीलाइ सफलता पूर्वक सम्पन्न गर्नको लागि बनेका बिभिन्न उपसमिति, कार्यसमिति तथा सल्लाहकार समिति मा रहनु भयका हरुको नामावली :-

अध्यक्ष-श्री चन्द्राकुमारी अधिकारी थापा (अध्यक्ष वि.व्य.स.) सदस्यहरु मा क्रमशः -श्री गुरुदत्त भट्टराई, यदुनाथ बञ्जारा, नविन अधिकारी, शंकर बस्नेत, जीवनाथ शर्मा पौडेल, शिवराम पौडेल, भीमप्रसाद पौडेल, दान बहादुर बानियाँ, बेनीबहादुर बस्नेत, जगन्नाथ तिमिल्सिना, होमबहादुर बानियाँ, अग्निधर शर्मा, नरनाथ भट्टराई, गोविन्दबहादुर बस्नेत, हरिबहादुर बरुवाल चित्रबहादुर थापा, मेहरमान थाप, शिवराज देवकोटा, लक्ष्मी तिमिल्सिना, कुमार श्रेष्ठ, लक्ष्मी देवकोटा, दुर्गा के.सी थापा, खिमलाल अधिकारी, रामबहादुर बानियाँ, महेन्द्र प्रसाद पौडेल, बलराम भट्टराई, विजय शर्मा, राजेश गुरुङ, अमृत तिमिल्सिना, निर्मल आचार्य, गोमा अधिकारी गौतम, विष्णु नेपाली, बलराम थापा, शोभा पौडेल, गणेश खवास, विष्णुकुमारी अर्याल, गीता रेग्मी, ढाकामोहन अधिकारी  डिल्लीराम पौडेल, ताराकुमारी अधिकारी , जीवनप्रसाद रेग्मी, हिमलाल आचार्य, ताराप्रसाद तिम्सिना, महेन्द्र गुरुङ, सुवास अधिकारी, सदस्य-श्री लक्ष्मण अधिकारी, प्रकाश भट्टराई , गणेश अधिकारी, नविनकुमार राई, नारायण प्रसाद देवकोटा, नविन्द्र तिम्सिना, श्रेष्ठ, ध्रर्व अर्याल, मोहन थापा, सुमनराज पौडेल, रेश्मा शेरचन अधिकारी, खेमराज आचार्य, कमल तिमिल्सिन, अनिल बस्नेत, केशव बस्नेत, कुञ्जराज थापा, सूर्यबहादुर गायक, हरिलाल शर्मा, भेषराज पौडेल, शिव सापकोटा, माधव अधिकारी, कृष्ण प्रसाद पौडेल, खेमराज पौडेल, इन्दु भट्टराई, सुशील देवकोटा, भीमबहादुर गायक, सदस्य-सचिव प्र.अ. श्री कृष्ण प्रसाद आचार्य

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: