Worldlink Communications

सहकारीले बजार नियन्त्रण गर्न सक्नुपर्छः अर्थ मन्त्री बराल

पौष १४,पोखरा

गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बरालले प्रमुख अतिथिको आसन बाट बोल्दै सहकारीले बजार नियन्त्रण गर्न सक्नुपर्ने बताउनु भएको छ । पोखरा २३ स्थित औसेलुचौरमा रहेको पञ्चकोषी कृषि सहकारी संस्थाको विहिबार सम्पन्न भएको आठौं बार्षिक साधारण सभाको उद्घाटन गर्दै मन्त्री बरालले सहकारीले बजारलाई सन्तुलन कायम गर्दै नियन्त्रण गर्न सक्नुपर्ने बताउनु भएको हो ।

मन मिल्नेहरुको सहकार्य गर्ने उद्धेश्यले स्थापन भएका सहकारीहरु ले जनताको आवश्यकता हुने बस्तु तथा सेवा उत्पादन गर्न सके बजारमा हुने मुल्यश्रृखलालाई सहकारीले नियन्त्रण गर्न सक्ने मन्त्री बरालको भनाई थियो । स्थानियहरुको सक्रियता र कृयाशिलताले आफु निकै  प्रभावित भएको बताउदै  मन्त्री बरालले    स्थानियको आवश्यकता   को आधार  मा केही न केही सहयोग गर्ने वचन दिनु भएको छ । अझै पनि नेपालमा स्थापना भएका अधिकांश सहकारीे ले आफ्नो लक्ष्य र उद्धेश्य अनुरुप   काम गर्न नसकेको समेत उहाँले बताउनु भयो ।

पन्च्कोसी आमा समुहका सदस्य साधना चापागाईले सामुदायिक भवन आवश्यक भएको बताउनु भयको थियो । संस्थाका अध्यक्ष देवीरमण चापागाईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा झाँकी देउराली पूजा समितिका अध्यक्ष टेकनाथ पराजुली, पोखरा २३ का वडा सदस्य भरतराज भण्डारी, पूर्व गाविसका अध्यक्ष भेषराज पराजुली, माओबादी केन्द्र पोखरा २३ का वडा कमिटि अध्यक्ष घनश्याम पराजुली, भविश्य निर्माण सहकारीका व्यबस्थापक उपेन्द्रराज पराजुली, दलित प्रतिनिधि तारा बहादुर बि.क., संस्थाका लेखा समिति संयोजक बिष्णु प्रसाद बराल, संस्थाका सचिव मोतीलाल पराजुली लगायतले अतिथिको आसन बाट वोल्नु भएको थियो ।

२०७० सालमा ५८ जना शेयर सदस्यबाट सुरु भएको उक्त सहकारी मा हाल ५९ जना महिला सहित १ सय ४७ जना शेयर सदस्य रहेका छन्। संस्थाको गत असार मसान्तरसम्म शेयर पूंजी १४ लाख ७० हजार रहेको छ । ६ लाख ५५ हजार १ सय ४५ रुपैया संस्थामा निक्षेप संकलन भएको छ भने संस्थाले २७ लाख ७४ हजार ऋण लगानी गरेको छ । संस्थाले गत बर्ष ३ लाख ८९ हजाररुपैया आम्दानी गर्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्: