माओवादीको केन्द्रीय कमिटी मा कास्कीबाट चार जना

माओवादीको केन्द्रीय कमिटी मा कास्कीबाट चार जना

परिबर्तन न्युज
१९ पुष २०७८ बजे
परिबर्तन न्युज
१९ पुष २०७८

पौष १९, काठमाडौ

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन बाट कास्कीबाट चार जना केन्द्रीय समितिमा सर्वसम्मत निर्वाचित भएको छ ।

Advertisement:Ad
Advertisement:Ad

गत पुस ११ गतेदेखी काठमाडौँमा सञ्चालन भएको माओवादी केन्द्रको महाधिवेशन साँझ केन्द्रीय कमिटीका सदस्यहरु चयन गर्दै सम्पन्न भएको हो । अध्यक्ष प्रचण्ड ले महाधिवेशनको हलमा केन्द्रीय समितिको नामावली प्रस्तुत गर्नुभए का सबै नामवली लाइ हलले सर्वसम्मत पारित गरेको थियो ।माओवादीको केन्द्रीय कमिटीले अध्यक्ष लगायतका सबै खाले पदाधिकारी चयन गर्नेछ ।

कास्कीबाट केन्द्रीय समितिमा पर्नेहरुमा राजकाजी गुरुङकरण´,खिमलाल देवकोटा,दुर्गा वि क र सोमति गुरुङ चयन हुनुभएको छ । त्यसो त गुरुङ र देवकोटा यसअघिनै केन्द्रीय समितिमा रहनुभएको थियो ।स्मरण रहोस राजकाजी गुरुङ `करण´ जनजाति, खिमलाल देवकोटा आर्यखसबाट , दुर्गा वि.क दलित महिला र सोमति गुरुङ जनजाति महिलाबाट निर्वाचित हुनुभएको हो ।

Advertisement:Ad
Advertisement:Ad

-प्रकाश अधिकारी

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज