Worldlink Communications

पूर्वराजा ज्ञानेन्द्र शाहले गरे पृथ्वीनारायणको शालिकमा माल्यार्पण

पौस २७,काठमाडौं

पूर्वराजा ज्ञानेन्द्र शाहले सिंहदरबारको मूल गेटस्थित पृथ्वीनारायण शाहको  जन्मजयन्तीको अवसरमा मध्यान्ह साढे १२ बजे उहाको  शालिकमा माल्यार्पण गर्नुभयको हो । पूर्वराजा त्यहाँ पुग्दा सर्वसाधारण को भिड ले उहाको पक्षमा नाराबाजी गरेका थिए।

त्यसोत केहि समय अगाडिनै  राष्ट्रपति विद्यादेवी भण्डारी, संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेमबहादुर आले  लगायतले  शालिकमा माल्यार्पण गरेर फर्किसक्नु भयको थियो ।आज सिंहदरबार गेटअगाडी भीड लागेको प्रस्ट देख्न सकिन्छ । पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायणको जन्मजयन्ती सुभ उपलक्ष्यमा  विविध कार्यक्रम  गरिएको  छ जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरणको शुरुवात गर्नुभयको  पृथ्वीनारायण शाहको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ३०० औं जन्मजयन्ती मनाएको छ ।

वि.सं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो। वि.सं १७९९ चैत २५ गते पृथ्वीनारायण राजा भएका थिए। त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो। पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न  सफल हुड्सी अगाडी बढ्नु भएको पृथ्वीनारायण उहाको शेषपछि उहाँका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास मा पढन पाइन्छ ।

पृथ्वीनारायण शाहले वि.सं १८०१ मा नुवाकोट विजय गरेका थियो। त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौँ उपत्यका विजय हासिल गरेका थिए। नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाउदै अगाडी बढ्नु भयको थियो ।

                                       “घुसलिन्या र दिन्या दुवै देश का शत्रु हुन् “

 

प्रतिक्रिया दिनुहोस्: