Worldlink Communications

डिपलब स्नुकर द्वारा प्रथम ओपनिंग च्याम्पियनसीप संचालन गर्ने

पुस २७ ,पोखरा

डिपलब स्नुकर द्वारा आयोजित प्रथम ओपनिंग च्याम्पियनसीप खेल बाग्लुङ बस पार्क मै रहेको स्नुकर हाउस मा आजै बाट संचालन गर्ने भएको छ ।                                                                          कार्यक्रम का प्रमुख अतिथि माननीय  खेलकुद मंत्री  राजिब गुरुङ ले उद्घाटन  गर्नु भएको थियो भने कार्यक्रमको अध्यक्ष्यता डिपलब स्नुकर कास्की का अध्यक्ष्य दिलिप सागर साइ ले गर्नु भयको सो कार्यक्रम मा अतिथिहरु क्रमस:रास्ट्रीय खेलकुद परिसदका प्रमुख प्रकाश बराल ,महानगर का कानुनि अधिकृत नारायण प्रसाद शर्मा ,बिलियार्ड कास्की का सस्थापक  अध्यक्ष्य बसन्त गौचन ,महानगर वार्ड-२ का अध्यक्ष्य रामेश्वर मल्ल ,लगायत ३० जना भन्दा कम को  उपस्थिति मा सम्पन्न गरिएको थियो ।

स्वागत मन्तब्य दिदै सबिन जी सी ले यो खेल पोखरा रंगसालामा प्रतियोगिता गराउन पाए यो खेल चर्चा मा आउने थियो र खेल प्रेमी हरुलाई हौसला बढ्ने थियो भन्नु भएको थियो भने महानगर वार्ड-२ का अध्यक्ष्य रामेश्वर मल्लले युवा हरुको खेलप्रति को चाहाना पुरा गर्न सक्न पाए भन्नेकुरा मनमा भएपनि पुरागर्न नसकेको भएको भएपनि हामि युवा लक्षित कार्यक्रम बात टाडा नभएको जानकारी गराउनु भएको थियो ।

लागु औसध नियन्त्रण आमा समूह कि अध्यक्ष्य बिस्नु कुमारी गुरुङ ले यस्ता स्थान हरु मा आउदा डर पनि लाग्छ खुसि पनि  लाग्छ भन्दै युवा हरुलाई बिगार्ने युवा हरु नै भएको हुदा यस्ता खेल हरु खेल्दा सबैले स्वस्थ भै निस्न्ग्कोच खेल्न पाउने स्थान को रुपमा बिस्तार संगै बिस्वास जित्दै गएको यस सस्था प्रति हाम्रो बिस्वास पनि बढ्दै गयको बताउनु भयको थियो।

– प्रकाश अधिकारी

 

 

प्रतिक्रिया दिनुहोस्: