Worldlink Communications

कुकुरहरूलाई जथाभावी दिसापिसाब गराउनाले- सर्बसाधारण देखि गाडी चलाउने सबै हैरान

माघ ३,पोखरा
स्मार्टसिटिको बनाउछु भन्ने नारा दिएर नगर प्रमुख को पद हासिल गरेका पोखरा महानगर पालिकाका अधिकास बाटोहरु पाल्तु देखि छोडुवा कुकुरहरुको दिसापिसाबले बाटो रङिदा  बाटो हिड्ने पैदलयात्री  देखि  सबारी चालकहरु हैरान परेका छन ।

स्मार्ट्सिटी भन्ने शब्द ले जनप्रतिनिधि हरु लाई गिज्याइ रहेको हेर्न को लागि बजार का प्रमुख बाटो देखि साखा  बाटोहरुमा  एकाबिहानै हिडदा कुकुरहरुको दिसापिसाब छर्प्रस्ट देख्न पाइन्छ  नाम नलेखी दिनुहोला भन्दै एक  जनाले भन्नू भयो  यति सम्म का मानिसहरु हुनुहुन्छ कि समाजका मै हुम भन्ने समाजसेबी देखि लिएर समाजका  लब्धप्रतिस्ठ्त ब्याक्तीहरु बाटै  घरको कुकुर सके सम्म कसैले नदेखोस भन्दै डोर्‍याउदै बाटोमा सौच गराएर घरफर्किने हर्कत पनि सजिलै देख्न सकिन्छभने छोडुवा कुकुरको कुरै भएन भन्नू भयो ।

स्वास्थ  तन्दुरुस्ती को लागि  बिहान चार बजे हिड्ने  पैदलयात्री हरुलाइ कति समस्या  एकातिर पोलहरुमा  बत्ती छैनन अर्कोतिर  कुकुरको दिसा पिसाब  कुल्चदै हिड्नुपर्ने बाध्यता सङै दैनिकी नै बनेको छ भने गाडी हरु पनि  त्यही  दिसा पिसाब टायरमा  बोकेर घरैमा  लैजानु को  पीडा  झनै कस्टकर बनेको स्थानीय सबारी धनि सुमन पौडेलले बताउन भयो ।                                                                                          दिसापिसाब  गाडिले कुल्चेर गएपछि बाटो भरी हुनेभएको ले  बाताबरण नै दुसित भै  थप पीडा सहननसकी  हामिलाइ पोखरा  १६ का  स्थानीय युवाहरू को  प्रतिनिधि  मुलक  टिम  को प्रतिनिधित्व  गर्दै  राम  प्रसाद तिमिल्सिनाले हाम्रो आबाज समबन्धित निकाय सम्म पुर्याइदिनु पर्‍यो भन्नू भए अनुसार यहि बिसय लाई लिएर हामिले समबन्धित वार्ड का वार्ड अध्यक्ष जीवन प्रसाद आचार्य सङ सम्पर्क गर्दा`हामिले हाम्रो तर्फ बाट यसकार्य लाई पटक पटक निरुत्साहित गराउन को लागि बाराम्बार पहल गरेको मा केही ब्यक्ति ले अझै पनि बेवास्ता गरेको बुझ्न मा आएको छ उहाहरुलाइ हामी फेरि पनी सचेत गराउछौ कसैपनी अटेर गरिरहनु भयमा हामी कार्बाही गर्छौ´ भन्नू भयो ।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: