Worldlink Communications

काठमाडौं महानगरपालिकामा छुटेका विद्यार्थीहरूलाई खोप दिँदै

माघ १५,काठमाडौँ

काठमाडौ महानगरपालिकाले १२ देखि १७ वर्ष उमेर समूहका यस अघि खोप लगाउन छुटेका विद्यार्थीलाई आज देखि खोप लगाउँदै छ।

यस कार्यक्रमका लागि काठमाडौंमा महानगरपालिकाले परोपकार प्रसुती गृह,स्त्रीरोग अस्पताल र वीरेन्द्र सैनिक अस्पतालमा खोप लगाउने कुरा काठमाडौं का जिल्ला शिक्षा अधिकारी रामप्रसाद सुवेदीले हामीलाई वताउनुभयो

सो उमेर समूहका विद्यार्थीहरू खोप लगाउन जाँदा आफ्नो उमेर खुल्ने जन्म दर्ता अर्थात स्कुलले दिएको कागजात साथमा लिएर जानुपर्ने कुरा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले यही माघ १० गते जारी गरेको सूचना सूचनामा जानकारी दिएको छ ।सो अनुसार आज माघ १५ देखि माघ २० गते सम्म विद्यार्थीका लागि खोप कार्यक्रम सञ्चालन गरिएको हो।

विश्वभरि नै कोरोना महामारीका कारण गर्दा हाम्रो देश पनि अछुतो रहन सकेन यसबाट बच्न सकेन जसले गर्दा विद्यालयहरु लगाएत सम्पूर्ण जनजीबन प्राय बन्द छन् । खोप खोप कार्यक्रम सम्पन्न गर्नका लागि विद्यालयहरू खोलेपनि पठनपाठनको लागि भने वैकल्पिक शिक्षण अनलाइनको माध्यमबाट सिकाइ लाई निरन्तरता दिनको लागि  काठमाडौं महानगरपालिका ले सबै विद्यालय लाई सूचना जारी गरेको हो।

आजको दिन सम्म  काठमाडौ महानगरपालिकामा १२ देखि १७ वर्ष उमेर समूह का झण्डै ६५ हजार बालबालिका छन् जस मध्य ५० हजारले पहिलोचरणमा खोप लगाइसकेको कुरा शिक्षा अधिकारी रामप्रसाद सुवेदीले जानकारी दिनुभयो स्मरण रहोस  काठमाडौं माहानगर पालिका मा ९० वटा सामुदायिक विद्यालय छन् भने पाँच सय भन्दा बढी निजी विद्यालय छन्।

-प्रकाशअधिकारी

प्रतिक्रिया दिनुहोस्: