Worldlink Communications

इन्द्रराज्य लक्ष्मी मा.वि.को आयोजनामा मोटिभेसन्ल स्पिकर सुधन ज्ञवालीद्वारा शैक्षिक उत्प्रेरक स्पीच कार्यक्रम समपन्न

माघ १५,पोखरा

पोखरा महानगरपालिका वडा नम्बर १६ को श्री इन्द्रराज्य लक्ष्मी माध्यमि क विद्यालय ले आफ्ना सम्पुर्ण शिक्षक लगायत सम्पूर्ण विद्यालय परिवार लाई शैक्षिक रुपले प्रेरणादायी कार्यक्रम सञ्चालन गर्यो। कार्यक्रममा प्रेरणा दायी स्पीच दिनुहुने सुधन ज्ञवाली  हुनुहुन्थ्यो।

आजको यस शैक्षिक प्रेरणादायी कार्यक्रम को अध्यक्षता श्री इन्द्रराज्य लक्ष्मी माध्यमिक विद्यालय का अध्यक्ष कृष्ण  प्रसाद अधिकारीले गर्नु भएको थियो भने सो कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका का शिक्षा प्रमुख हेमराज आचार्य हुनुहुन्थ्यो ।अतिथिहरुमा शिक्षक अभि भावक सङ्घका अध्यक्ष एवं यस कार्यक्रमका परिकल्पनाकार दिलबहादुर थापा,तोरण बहादुर केसी लगायतका व्यक्तित्वहरु हुनुहुन्थ्यो भने कार्यक्रम संचालन बलबहादुर श्रेष्ठले गर्नु भएको थियो।

कार्यक्रम का प्रमुख अतिथि हेमराज आचार्यले ब्यानर पढेर उधघाटन गर्नु भयको थियो ।  यस शैक्षिक प्रेरणादायी कार्यक्रम ले सबै शिक्षक साथी हरुलाई शिक्षाणको लागि नयाँ तरिकाले शिक्षा दिन सहयोग गर्नेछ भन्ने विश्वास गर्नुभयो भने अबको शिक्षा विश्वव्यापी रूपमा प्रतिस्पर्धा गर्नुपर्ने भएकोले आईटी बेशमा ध्यान दिनुपर्छ यसरी नै शिक्षा अगाडि बढ्नुपर्छ अन्यथा नेपाली शिक्षा पछाडी पर्ने छ भन्नुभयो । कोहि पनि कसैको  प्रेसरमा परेर,सिर्जना गरेर म यसको पावरमा छु आफ्नो गुटमा छु भनेर  दबाब दिदै आफ्नो डिउटी  पुरा गर्न नखोज्ने  म त स्थाई शिक्षक कसले के गर्न सक्छ भन्नेहरुले आफ्नै भविश्यमाथि खेलवाड नगर्न पनि अनुरोध गर्नुभयो । शिक्षक साथीहरु इन्द्र राज्य मा बि मा  शिक्षण गर्छु भन्दा गर्व गर्नसक्ने विद्यालय बनाउनुस् त्यो तपाईंहरूको हितमा हुनेछ भन्नुभयो नजिकै गण्डकी बोर्डिङ स्कुल बिन्धीबासिनी मा वि हरु को बिचमा भएकोले कडा प्रतिस्पर्धा को बीच बाट गुज्रेर आएको यो विद्यालय धेरै अगाडि बढिसकेको छ तसर्थ आफूलाई गर्वका साथ यस माध्यमिक विद्यालयमा पढाउँछु भन्ने साहस र  गर्व गर्न पाउने विद्यालय बनाउनुस् भन्नुभयो । स्कुललाई राम्रो बनाउन के गर्नु पर्छ भन्ने विषय सोची बाहिरबाट आउने व्यक्तित्वहरु; शैक्षिक प्राज्ञिक संस्थाहरु ले  हामि कहा जाने भन्दा  इन्द्र राज्य मा जानुस् भनेर भन्न सक्ने विद्यालय बनाउन शुभकामना व्यक्त गर्दछु यो महा अभियान मा लाग्नुस्  तपाईहरु लाई महानगरले सघाउनेछ  भन्नुभयो ।

त्यसैगरी विद्यालयका प्रधानध्यापक केशव अमगाईले उत्प्रेरणाको स्रोत खानी भएका व्यक्तिहरूबाट दिइएको सो कार्यक्रम भव्य र सभ्य रुपले सम्पन्न हुने र यसबाट शिक्षक साथीहरु।    लगायत  विद्यालय परिवार लाभान्वित हुने बताउनुभयो  उहाँले हरेक स्कुलहरुमा अब आइटी शिक्षा दिनु पर्ने भएको हुनाले अब केही दिन मा नै यस विद्यालयको पढाई पनि आइटि को माध्यम बाट नै हुनेछ भन्नुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद अधिकारीले अझै यो  शैक्षिक प्रेरणादायी कार्यक्रम बाट विद्यालयका सम्पूर्ण  शिक्षक साथी हरू को भइरहेको उर्जालाई थप उर्जा दिनको लागि यो कार्यक्रम राखिएको हुनाले ”सक्षम शिक्षक इन्द्र राज्य स्कुल” बनाउनुपर्छ भन्नुभयो शिक्षक साथीहरुलाई व्यवस्थापन समितिले पुरै सहयोग गर्छ कुनै गुनासो रहने गरी काम गर्दैन तपाईहरु अझै सक्षम बन्नुस विद्यालय परिवार तपाई हरुको साथमा छ भन्नुभयो व्यंगात्मक रुपमा व्याकरणको कथा सुनाउनु भएको  थियो ।आइटीको प्रसंगमा हेडसर नै यस विषयमा पोख्त भएको जानकारी पनि दिनुभएको थियो तसर्थ आईटीमय स्कुल  बनाउनको लागि कुनै पिर नगर्नुस् सबै कुरा व्यवस्थापनले गर्छ ।तपाईहरु सिक्ने जागर मात्रै गर्नुस अगाडि बढ्ने कुरा मात्र गर्नुस समिति तपाईहरुको शिपलाई अझै बढाउन तयार छ भन्नुभयो ।

कार्यक्रमको अन्तमा प्रेरणादायी कार्यक्रम का प्रस्तोता सुधन ज्ञवालीले आफ्ना हरुले कहिल्यै रुवाउँदैनन अर्थात् रुनै दिन्नन् भन्दै आफ्नो स्पीच  अगाडि बढाउनु भएको थियो खुसी र दुःख भन्दामाथि  निद हराएर जान्छ ।आफूले आफ्ना सपना र  गन्तव्य उद्देश्यहरू भन्दा निद  माथि हुन्छ भन्दै सपनाहरु ती हुन् जसले तपाईलाई निदाउनै दिदैंन जुन भित्रैदेखि आउँछ जसले जिबनमा परिवर्तन ल्याउँछ  त्यो पुरै  परिवर्तन हो भन्नुभयो डुल्दै गर्नेक्रममा अङ्ग्रेजी शिक्षक हरुबाट   डराइरहेको  विद्यार्थी लाइ  समय अनुसार चल्न सिकाइयो भने अंग्रेजी विषय गारो छैन भन्ने कुराको कथा अनुसार बताउनु भएको थियो हरेक व्यक्तिले जे काम गरिन्छ त्यो खुसी साथ गरियो भने गन्तव्यमा  पुग्न सकिन्छ अन्यथा तो काममा पुग्न सकिँ दैन भन्दै गर्दा मैले दिनभरि ल्यापटप चलाउँदा बेलुका थकाइ लाग्छ भने मेरै छोरीले दिनभरि ल्यापटप चलाउँदा उसलाई थकाइ लाग्दैन  किन कि  मैले श्रम गरिरहेको छु  मलाई गारो भयो तर  छोरीले खेलखेलेकी छिन् त्यसैले  उनलाई थकाइको महसुस  हुँदैन यसकारण तपाईहरु पनि कक्षामा प्रवेश गर्दा थकाइ हुनेगरी होइन कि म कक्षामा प्रबेस गर्दा खेल खेलिरहेको  छु म यो काम  खुशीले गरिरहेको छु भन्ने महसुस गर्दै    प्रबेस  गर्नुपर्छ  भन्नुभयो ।

अन्तमा शिक्षक ले आफु कक्षा भित्र पसेपछि मैले डाक्टरहरु बनाउँदैछु ,पाइलटहरु बनाउँदै छु मैले राम्रो  जनशक्ति उत्पादन गर्दैछु भन्ने विषय मनमा राखेर शिक्षण गर्न थाल्यो भने त्यो शिक्षण प्रभावकारी हुने कुरा बताउनुभयो यदि तपाईले कर्तव्य पूरा गर्नु हुन्न भने तपाईंका छोराछोरी हरुलाई पनि अरु कसैले कर्तव्यपूर्ण गरिरहेको हुन्छ भन्ने सम्झनु व्यर्थ हुन्छ । मैले कक्षामा राम्रोसँग पढाइन भनेर  मैले प्रधानध्यापकको आँखा छले,कमाउने बेला यही हो लुट्ने,ठगने त्यस्तो काम गरेर आफुलाई खुसी सम्झनेहरुले तपाईंका छोराहरूलाई पनि कसैले त्यही कुरा गरेका हुन्छन् तसर्थ आफ्नो काम इमान्दारी पुर्बक  राम्रोसँग गर्नुस् देश आफै बन्छ भन्नु भयो ।

प्रस्तुत गर्ने क्रममा प्रेरणादायी कार्यक्रम का प्रस्तोता सुधन ज्ञवालीले यदि तिमी जिउँदै स्वर्ग जान चाहन्छौं भने ज्युदै मर्न पनि सक्नुपर्छ भन्ने कुरा कहिले पनि नबिर्सनु भन्दै कतिपय कुराहरु नबोलीनबोली बसेपनि जित्न  सकिन्छ भन्दै आफ्नो प्रेरणादायी भनाईहरु सक्नुभएको थियो ।

कार्यक्रमको अन्त्यय मा शिक्षक अभिभावक सङ्घका अध्यक्ष एवं यस कार्यक्रमका परिकल्पनाकार दिल बहादुर थापाले आजको यस कार्यक्रम बाट सम्पूर्ण विद्यालय परिवार लगायत शिक्षक साथीहरूले भरमग्दुर प्रया स गरेर आगामीदिनमा शैक्षिकक्षेत्रको दुनियामा इन्द्रराज्यलक्ष्मी माध्यमिक विद्यालयको नाम उच्च राख्नु हुनेछ भन्ने आशा व्यक्त  गर्नुभएको थियो ।

कार्यक्रमको अन्तमा प्रेरणादायी स्पीचका प्रस्तोता सुधन ज्ञवाली र आज का प्रमुख अतिथि महानगरका शिक्षाप्रमुख  हेमराज आचार्यलाई मायाको चिनो दिएर कार्यक्रमको अध्यक्षता गरिरहनुभएका कृष्णप्रसाद अधिकारी ले कार्यक्रमलाई समापन गर्नुभएको थियो ।

-प्रकाश अधिकारी

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्: