Worldlink Communications

स्रष्टा मोहन प्रसाद पौडेल द्वारा लिखित ‘आदर्श जीवन’ साहित्य रचनाको लोकार्पण

माघ २९,पोखरा

पोखरा महानगरपालिका वडा नम्बर १६ स्थित कालिका भवनमा शुक्ल साहित्य प्रतिष्ठानको प्रमुख आयोजनामा स्रष्टा मोहनप्रसाद पौडेल द्वारा लिखित कीर्ति ‘आदर्श जीवन’ को लोकार्पण गरियो।

कार्यक्रमको अध्यक्षता सुक्ला साहित्य प्रतिष्ठानका अध्यक्ष सुमन राज पौडेलले गर्नुभएको सो कार्यक्रमका प्रमुख अतिथि दुर्गाबहादुर शाह बाबा ले गर्नुभएको थियो । कार्यक्रमका अतिथिहरुमा पोखरा महानगरपालिका वडा नम्बर १९ का अध्यक्ष शोभा मोहन पौडेल लगायत हुनुहुन्थ्यो भने कार्यक्रम संचालन साहित्य शुक्ल प्रतिष्ठानका पूर्व अध्यक्ष कुलबहादुर खत्रीले गर्नुभएको थियो।

कार्यक्रममा उपस्थित सबैलाई लाई स्वागत मन्तव्य पूर्वअध्यक्ष एवं सल्लाहकार इन्दु भट्टराईले दिनुभएको थियो भने ‘आदर्श जीवन’ को स्रष्टा मोहन प्रसाद पौडेल को बारेमा दुर्गादेवी बस्नेतले जानकारी गराउनुभएको थियो।

साहित्यमा रुचि राख्ने नेपाली साहित्यका विद्यार्थी एवं राजनीतिक शास्त्रका साहित्यिक स्रष्टा असफल गौतमले ‘आदर्श जीवन’ किर्तिको बारेमा व्याख्या विश्लेषण गर्नुभएको थियो । आदर्श जीवन आफैंमा उच्चस्तरीय शीर्षक रहेको र वास्तविक जिबनलाई ३७ वटा शिर्षकमा जस्ताको तस्तै मेल खाने गरी लेखिएको ‘आदर्श जीवन’ का रचनाहरु पस्किन सफल हुनुभएको मोहनप्रसाद पौडेलको मुक्तकण्ठले प्रशंसा गर्नु भएको थियो जीबनलाई धर्म कर्म र व्यवहारमा ढाल्दै  वृद्ध उमेर सम्मका सबैलाई लाई समेट्न सफल भएको यो कृति को खुवि घाम झैं छर्लङ्ग सबैले बुझ्ने किसिमको छ भन्नुभयो। शुभकामना मन्तव्य दिनेहरुमा ऋषिराम सापकोटा त्यस्तैगरी जयराम पौडेल पौडेल लगायत ले प्रकाश कीय मन्तव्य दिनुभएको थियो ।

बिसिस्ट विशिष्ट अतिथिको तर्फबाट बोल्दै पोखरामा नगरपालिका वाड नम्बर १९ का वडा अध्यक्ष शोभामोहनको पौडेल ले आमा शीर्षकको रचनालाई सम्मान गर्दै समाज शास्त्रको डिग्रीको सर्टिफिकेट नै आमाहरु हुन् भन्नुभयो भने ‘आदर्श जीवन’ को बारेमा आफूसँग भएको ज्ञान सीप क्षमता सबै किसिमका कामहरुको पुस्ता हस्तान्तरण गर्दै जानुपर्छ  यो पनि एउटा पुस्ता हस्तान्तरण हो। ‘आदर्श जीवन’का रचनाकार मोहन प्रसाद पौडेलले आफ्नो खुबी आफ्नो क्षमता आफ्नो योग्यता को पुस्ता हस्तान्तरण गर्नुभएको छ यसलाई मुक्तकण्ठले प्रशंसा गर्दछु भन्नुभयो । आगामी दिनमा यस्ता कार्यक्रमहरुले सबैलाई प्रेरणा मिल्ने बताउनुभयो ।

प्रमुख अथितिको आसनबाट अन्तराष्ट्रीय साहित्य समाज गण्डकी प्रदेशका प्रमुख दुर्गाबहादुर शाह बाबा ले जीवन जिउने कला बाट प्रेरित भई शुरु गरिएको कृति आमा शब्दबाट मुखरित भएकोले यो आफैंमा उत्कृष्ट छ भन्नुभयो मोहन प्रसाद पौडेलले आज ७७ वर्ष पुगिसक्दा पनिपनि उमेर उत्तिकै तन्नेरी देखिनु भएको छ उहाँको आँखामा कुनै किसिमको चश्मा प्रयोग भएको छैन उहाँको साहस उत्तिकै छ भन्नुभयो ।देसदेस र ठाउँ ठाउँको फरक-फरक संस्कारले महत्वपूर्ण भूमिका खेलेको हुनाले हामी नेपालको पनि आफ्नै धर्म संस्कृति रीतिरिवाज भएको जानकारी गराउँदै सबै किसिमले धनी नेपालीहरु हामी आफैंमा सांस्कृतिक रुपले धनी हुँदै हुर्किएका छौं यो बिषय मनमा रहनु पर्छ भन्नुभयो वृद्धहरूको जिवन स्तर को बारेमा वास्तविकता जोड्नुभएको मोहन प्रसाद पौडेल द्वारा रचित ‘आदर्श जीवन’ नामक कृति धेरै माथि भएको बताउनुभयो।

कार्यक्रमको अन्तमा कार्यक्रमको अध्यक्षता गर्नुभएका शुक्ला साहित्य प्रतिष्ठानका अध्यक्ष सुमन राज पौडेलले आफ्नो मन्तब्य राख्दै कार्यक्रम समापन गर्नुभएको सो कार्यक्रममा २०० जना भन्दा बढीको उपस्थिति मा कार्यक्रम सम्पन्न भएको थियो ।

-प्रकाश अधिकारी

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्: