Worldlink Communications

हीरक जयन्ती मनाउँदै गरेको बिन्धीबासिनी मा बि बाटुलीचौर ले १०५ युनिट रगत संकलन गरयो

फागुन ४,पोखरा

पोखराको वाटुलेचौरमा रहेको विन्ध्यवासिनी मा.विले आयोजना गरेको वृहत रक्तदान कार्यक्रमवाट १ सय ५ युनिट रगत     संकलन भएको छ ।

विद्यालयको हीरक जयन्तीको अवसरमा आयोजित कार्यक्रममा १४ जना   महिला र ९१ जना   पुरुषले रक्तदान गरेको  उप समितिका सदस्य दिनेश शर्माले जानकारी दिनुभयो । कार्यक्रमको पोखरा   १६ का वडाध्यक्ष        जीवन प्रसाद आचार्यले पहिलो रक्तदाता विद्यालयका  पुर्व प्र.अ खिमलाल अधिकारीलाई व्लड व्याग हस्तान्तरण गरी उद्घाटन गर्नुभयो । कार्यक्रममा वोल्दै वडाध्यक्ष आचार्यले मानव जीवनका लागी सवैभन्दा ठुलो पुण्य काम भनेकै रक्तदान भएको वताउदै, पोखरामा देखिएको रगतको अभावलाई न्युनिकरण  गर्न यस्ता काम निरन्तर भैरहनु पर्नेमा जोड दिनुभयो ।                                                                                                                                                                                                                                                                                                                                                                                                        रक्तदान कार्यक्म   उपसमितिका संयोजक दुर्गा के.सी थापाको   अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका सदस्य गुमादेवी गौतम अधिकारी, हीरक जयन्ती मुल समारोह समितिका अध्यक्ष एवं विद्यालय व्यवस्थापन   समितिका अध्यक्ष चन्द्रा थापा अधिकारी, प्रधानाध्यापक    कृष्ण प्रसाद आचार्य, विन्ध्यवासिनी भु.पु विद्यार्थी मंचका अध्यक्ष हरि वरुवाल, शिक्षक तारा अधिकारी, भीम वहादुर गायक लगायतले रगतको अभावले कसैको पनि ज्यान जोखिममा पर्न नहुने तर्फ सवै सचेत वन्नुपर्ने वताए ।

पोखरामा रगतको अभाव देखिए पछि रक्त संचार केन्द्रका अर्जुन खड्काले नियमित रुपमा रक्तदान   कार्यक्रम आयोजना गरिदिन विभिन्न संघ संस्था  लाई आग्रह गर्नुभयो । कार्यक्रम मा ४५औं पटक राम व. वानिया, ३५ औं पटक वसन्त तिमिल्सीना, ३४ औं पटक शकंर  वस्नेत सहित अधिंकाश नयाँ रक्तदाताले सहभागिता जनाएको उपसमितिका सदस्य भीम व. गायकले जानकारी दिनुभयो । पोखरामा रगतको अभाव भएको थाहा पाएपछि वन्दको प्रर्वाह नै नगरी हिडेरै भएपनि रक्तदाताहरु कार्यक्रम स्थलमा सहभागी भएका थिए ।

रक्त संचार केन्द्रको प्राविधिक सहयोगमा भएको कार्यक्रममा विभिन्न संघ संस्था एवं व्यक्तिले सहयोग गरेका थिए । विद्यालयले हीरक जयन्ती चैत २७ गतेसम्म विभिन्न कार्यक्रम गरी मनाउँदै छ ।

-शिसिर

प्रतिक्रिया दिनुहोस्: