Worldlink Communications

नव आदर्श सामुदायिक बिकास मञ्च ले रक्तदान गरेर आफ्नो रजत वर्ष मनायो

फागुन ७,पोखरा

पोखरामा नगरपालिका वाड नं १९ मा अवस्थित नवआदर्श सामुदायिक विकास प्रतिष्ठानले आफ्नो २५औं वर्ष पार गरेको उपलक्ष्यमा रक्तदान कार्यक्रम राखेर रजत बर्ष मनायो ।

आजको कार्यक्रम आइ एन एफ का  निर्देशक कृष्णबहादुर अधिकारी को प्रमुख आथित्यतामा सम्पन्न भएको सो कार्यक्रम को अध्यक्षता नव आदर्श सामुदायिक बिकास प्रतिष्ठानका अध्यक्ष रेश्मा अधिकारी शेरचनले गर्नुभएको थियो भने कार्यक्रम संचालन संस्थाका सदस्य सचिव थिर बहादुर थापाले गर्नुभएको थियो।

विशिष्ट अतिथिको आसनबाट बल्दै पोखरा महानगरपालिका वडा १९ का अध्यक्ष शोभा मोहन पौडेलले रक्तदान जीवन दान हो यस्ता किसिमका कार्यक्रमहरुमा सबैले भाग लिदा राम्रो हुने हो कुरा बताउनुभयो यो बाट आखिर जसै पनि खेरा जाने रगत हो ह रगत कसैको जीवन बाँच्न सक्छ भने किन रक्तदान नगर्ने भन्नुभयो भने प्रमुख अतिथिको आसनबाट बोल्दै कृष्ण बहादुर अधिकारीले यस किसिमका संस्थाहरुले मानव सेवामा लाग्नु पर्ने मानव हितमा लाग्नुपर्ने भन्नुभयको थियो ।

कार्यक्रमको अन्तमा हामीसँग कुरा गर्दै नवआदर्श विकास समाजका अध्यक्ष रेश्मा अधिकारी शेरचनले आजको रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान गर्नुभएको जानकारी दिनुभयो भने स्थापना कालदेखि नै हरेक वर्ष  निरन्तर रक्तदान कार्यक्रम गर्दै आइरहेको बताउनुभयो ।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: