Worldlink Communications

नेकपा माओवादी केन्द्र पोखरा १६ मा टोल कमिटी गठन अध्यक्ष- हरि वहादुर थापा

फागुन १४, पोखरा

आज पोखरामा महानगरपालिका वाड नम्बर १६ मा नेकपा माओवादी केन्द्र महेन्द्रगुफा सङ्गमचाेकले हरि वहादुर थापा को अध्यक्षता मा २१ सदस्य टोल कमिटी गठन गरेको छ ।

नेकपा-माओवादी टोल कमिटि गठन कार्यक्रम को अध्यक्षता नेकपा-माओवादीका पाटी अध्यक्ष निर्मल आचार्यले गर्नु भएको सो कार्यक्रमको प्रमुख अतिथि प्रदेश सल्लाहकार गुरुदत्त भट्टराईले गर्नुभएको थियो भने कार्यक्रम संचालन वार्ड पार्टी सचिव जिबन बस्नेत ले गर्नु भएको थियो।

प्रमुख अतिथिको आसनबाट बोल्दै गुरुदत्त भट्टराईले नेकपा-माओवादी पार्टी नेपाली जनताको र नेपाली जनताको भलो गर्ने पार्टी भएको नेपाली जनता हक अधिकारको निम्ति जहिले पनि लड्ने पार्टी भएको नेपाली जनताको पक्षमा बोल्ने पार्टी भएको राष्ट्रघात कहिल्यै नगरेको र भविष्यमा पनि कहिल्यै राष्ट्रघात नगर्ने कसम खाएको पार्टी भएको हुनाले सधै परिवर्तन का कुरा ब्यबहार मै गर्ने नेकपा माओवादी नै हो भनेर ठोकुवा गर्नुभयो।

कार्यक्रमको अध्यक्षता गरिरहनुभएका निर्मल आचार्यले जातीय लिंगय भेदिय सबैखाले अधिकार का कुरा गर्ने नेकपा माओवादी नै प्रमुख पार्टी भएको दाबी गर्दै परिवर्तन का नाराहरु सबै माअोवादीले नै ल्याएको र अहिले मनै हु भन्ने पार्टीहरुले पनि हाम्रो नितिकार्यक्रमहरु लिएर अगाडि बढेको तर  नेकपा-माओवादीको राम्रो कुराहरु राम्रोसँग प्रचारप्रसार गर्न नसकेको कुरा दुखद भएको बताउनुभएको थियो। त्यस्तै गरी कार्यक्रम सञ्चालन गर्दै गर्दा जीवन बस्नेत ले अन्य अत्याचारका बिरुद्ध आफ्ना आवाजहरु बुलन्द गर्दै न्यायको निम्ति लड्ने पार्टी भनेको नै नेकपा-माओवादी भएको हुनाले सबै युवाहरु एकजुट भएर अगाडि बढ्नुपर्ने बताउनुभयो।

करिब डेढ सय जनाको उपस्थितिमा गठन गरिएको सो टोल समितिमा उपाध्यक्ष अस्मिता नेपाली, सचिव अशाेक मल्ल ,सहसचिवमा डिलमाया नेपाली, काेशाध्यक्षमा समुन्द्र परियार , सदस्यहरु क्रमस सुर्य थापा ,विजय तामाङ्, पुर्ण वहादुर भुजेल,लक्ष्य गुरुङ्ग,अरुण तामाङ्,अर्जुन गुरुङ्, दिलमाया नेपाली, कमला सुनार,सविता गुरुङ्, गाैमाया नेपाली ,प्रकाश सुनार,सुरज सुनार,नरवहादुर नेपाली,प्रेम व नेपाली, विकाश वस्याल लगायत २१ सद्सिय कमिटी गठन गरेको छ।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: