Worldlink Communications

माओवादी केन्द्र पोखरा महानगरले नयाँ कार्य समिती चयन अध्यक्ष-हरिनारायण गिरी (विज्ञान)

फागुन १९, पोखरा

पोखरा महानगरपालिका नेकपा माओवादी केन्द्रले करिब तीन महिनापछि हरिनारायण गिरी( विज्ञान)को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ नयाँ कार्य समिती चयन गरेको छ ।

विगत तीन महिना अगाडि पोखरा महानगरपालिका नेकपा-माओवादी केन्द्रको नगरपालिका स्तरीय अधिवेशन भएको भएपनि आजसम्म पदाधिकारीको चयन हुन सकेको थिएन। आज बसेको नेकपा माओवादी केन्द्र पोखराको बैठकले जनवादी केन्द्रीयताको फलो गर्दै समितिको सदस्यहरु मध्ये बाटै एक पद एक व्यक्ति अनुसार अध्यक्ष मा हरिनारायण गिरी र उहाँको टिममा उपाध्यक्षमा भानुभक्त अधिकारी, पुष्प ढुङगाना र हर्कमान बि क लाई चयन गरेको छ त्यस्तैगरी सचिवमा जनक पराजुली ,सह सचिवमा विमला पहारी,कोषाध्यक्षमा सुर्यराज तिवारी को नाम कार्यवहाक माओवादी केन्द्रका महानगर इन्चार्ज दीपक कोइरालाले पढेर सुनाउनुभएको थियो ।

धेरै समयसम्म खाली रहेको पदाधिकारीको पदपुर्ती को लागि  नगर पालिका इन्चार्ज दीपक कोइरालाले सर्वसम्मतरुपमा पास होस् भनी  सबैको  नाम पढेर सुनाएपछि केही नगर कमिटीका सदस्यहरुले आपत्ति जनाएको भएपनि जनवादी केन्द्रीयता लागू गर्दै तोकिएको जिम्मेवारी अहिलेको लागि अर्को निर्णय नभइञ्जेल सम्बन्ध उहाँहरुले नै वहन गर्ने गरी निर्णय त सुनाउनुभएको थियो।

– प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: