Worldlink Communications

पोखरा माहानगरपालिका -१९ ठाँटी को बिन्धेश्वरी यूवा क्लवद्दारा भलिबल प्रतियोगिता तथा सास्कृतिक कार्यक्रम

फागुन २१,पोखरा

पोखरा माहानगर पालिका वडा नं १९ मा अवस्थित तल्लोकोट ठाँटी को श्री बिन्धेश्वरी यूवा क्लवद्दारा आयोजित भलिबल प्रतियोगिता तथा विभिन्न सास्कृतिक कार्यक्रम गरेको छ।

प्रमुख अतिथि वडा नं.१९ का अध्यक्ष शोभामोहन पौडेल अतिथिहरुमा यही दिपक पौडेल , पुर्ब अघ्यक्षहरु गोबिन्द आचार्य , शंखर ढुड्गाना , होमनाथ बास्तेला , मिनराज ढुड्गाना , बिकास आचार्य लगाएत राजनितिक दलका प्रतिनिधि  छिमेकी युवा क्लवका अघ्यक्ष तथा प्रतिनिधिहरु आमा समुहका प्रतिनिध , सहकारी संस्थाका प्रतिनिधि लगाएत सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि, क्लबका पुर्ब तथा बर्तमान कार्यसमितिहरु , कलाकार भाईबहिनि , तल्लाकोट नौमती बाजा समुह , लगाएत गाऊ बासी आमा बुबा दाजु भाई तथा दिदी बहिनिहरुको बाक्लो उपस्थितिमा आज उद्धाटन सत्र कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रम को अध्यक्षता अर्जुन ढुड्गाना र सन्चालन क्लवका कोषाध्यक्ष थमकुमार केसी ले गर्नु भएको थियो ।

पहिलो दिन भेन्ट्रान्स भलिबल प्रतियोगितामा (४२भेन्ट्रान्स) पृथ्वी चोकले प्रथम स्थान हासिल गर्न सफल भएको थियो यसैगरी आयोजक श्री बिन्धेश्वरी भेन्ट्रान्सले द्त्तिय स्थान हासिल गर्न सफल भएको थियो।

दोसरो दिन भएको पहिलो खेलमा ४२ भेन्ट्रान्स vs आयोजक B मा ४२ भेन्ट्रान्स ले जित हासिल गरेको छ भने यसै गरी दोस्रो खेलमा आयोजक A vs च्यांग्लुग मा आयोजक A ले जित हासिल गर्यो यसै गरी तेस्रो खेल मा पोखरा ४२vs ग्रिनफोर्स युवा क्लब मा ग्रिनफोर्स B युवा क्लबले जित हासिल गरेको छ भने  चौथो खेलमा ग्रिनफो्र्स Avs अन्नत ट्राभल्स बिच भएको खेलमा ग्रिनफोर्स A ले जित हासिल गरेको थियो।

सेमिफाइनलमा ग्रिनफोर्स B vs आयोजक A मा आजोजक A ले जित हासिल गर्यो र अर्को सेमीफाइनलमा ४२ भेन्ट्रान्स vs ग्रिनफोर्स A मा भएको खेलमा ४२ भेन्ट्रान्स ले जित हासिल गर्दै फाइनलमा प्रवेश गरेको थियो।

पुरुष तर्फको पहिलो खेलमा ठुलिचौर कृष्ति युवा क्लब vs घलेल युवा क्लब बिच भएको थियोे जसमा ठुलीचौर कृष्तीले जित हासिल गरेको छ। बिजयी तथा उपबिजयी दुबै टिमलाई हार्दिक शुभकामना सहित अन्य टिमको खेल भोलि बिहानको ठिक ८ बजे बाट खेल खेलाईने जानकारी कार्यक्रम सयोजक मान बहादुर के शी ले दिनुभयो।

तेस्रो दिन बिन्ध्येश्वरी युवा क्लब द्वारा आयोजित खेलमा पोखरा 23vs बिन्ध्यबासिनी क्लव को बिच पोखरा 23 ले जित हासिल गरेको छ। यसैगरी दोस्रो खेलमा अन्नपूर्ण क्लव(घान्द्रुक) vs भंगेरा क्लव (पर्वत ) बिच भएको खेलमा अन्नपूर्ण क्लव ले जित हासिल गरेको छ। यसैगरी तेस्रो खेलमा गर्लाङ क्लव vs नव सृजनशील(पुरूनचौर)क्लव बिच गर्लाङ क्लव ले जित हासिल गरेको छ। यसैगरी चौथो खेलमा सयपत्री क्लव (चौरा) vs ग्रिनफोर्स क्लब (भुर्जुङखोला) बिच सयपत्री क्लव ले जित हासिल गरेको छ। यसैगरी पाँचौ खेलमा Young boys(पोखरा )vs जनजागरण क्लव(घाचोक)‌ बिच जनजागरण क्लव ले जित हासिल गरेको थियो।

यसैगरी छैटौं खेलमा अनन्त ट्राभल्स(लामाचौर ) vs हिमाली डाँफे क्लव बिच अनन्त ट्राभल्स ले जित हासिल गरेको छ। यसैगरी सातौँ खेलमा सिल्दु देउराली(खादरजुङ) vs साखु क्लव बिच सिल्दु देउराली क्लव ले जित हासिल गरेको छ। यसैगरी आठौं खेलमा मिर्सा क्लव vs गुराँसे भुमे(घाचोक) बिच भएको खेलमा गुराँसे भुमे क्लवले जित हासिल गरेको छ।

आयोजकको तर्फबाट सम्पूर्ण बिजय टिमलाई आयोजक परिवार हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दै सहभागी अन्य टिमलाई आगामी दिनमा जितको अग्रिम शुभकामन दिनुभएको थियो।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: